२ हात र एक खुट्टा गुमाएका कुँवरलाई सहयोग गर्न क्यानडाबाट १० हजार डलर संकलन अभियान लक्ष्य नजिक


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

क्यानडा निवासी युवा व्यवसायी विजय पौडेलको नेतृत्वमा दुबै हात र खुट्टा गुमाएका बाँकेका बुद्धीमान कुँवरको सहयोगको लागि संचालित आर्थिक संकलन अभियान लक्ष्यनजिक पुगेको छ । १० हजार क्यानेडियन डलर संकलनको लक्ष्यसहित फेसबुकमा सुरु गरिएको अभियानमा अहिलेसम्म ९ हजार क्यानेडियन डलरभन्दा धेरै संकलन भइसकेको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

अभियान सम्पन्न भइसकेपछि रकम हस्तान्तरण गरिने र सहयोगदाता सबैको नाम सार्वजनिक गरिने पौडेलले सामाजिक सञ्जालमार्फत जनाएका छन् । आफूलाई सकारात्मक अभियानमा लाग्न प्रेरित गरेकोमा पौडेलले सबै सकारात्मक सोंच भएकाहरुलाई धन्यवाद समेत दिएका छन् ।

कुँवरले करेन्ट लागेर दुबैहात र एउटा खुट्टा गुमाएका थिए । रोजगारीको शिलशिलामा भारतमा करेन्ट लागेर उनले हातखुट्टा गुमाउनु परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com