खाद्यान्न र तरकारी ढुक्कसित खाँदा हुन्छ: मन्त्री खनाल


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

सांसद रामबहादुर विष्ट : विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ?

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ; विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ ।

मन्त्रालयले हालै ७०० नमूना परीक्षण गर्दा सो नतिजा आएको मन्त्री खनालको जवाफ थियोे । प्रतिनिधिसभा आजको बैठकको प्रश्नोत्तरमा मन्त्री खनालले सो जवाफ दिँदै प्राङ्गरिक अभियान सरकारले सञ्चालन गरिरहेको, विषादी ऐन २०४८ संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चोरबाटोबाट विषादी आउन नदिन सरकार सचेत छ ।” अब ढुक्कसित खाद्यान्न, फलफूल, तरकारी खाँदा हुन्छ ? सांसद विष्टकै पूरक प्रश्नमा जवाफ दिँदै मन्त्री खनालले भन्नुभयो, “खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काभ्रे, धादिङ, ललितपुरका केही जिल्लामा तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको जानकारी दिँदै उहाँले कुन फलफूलमा कति विषादी छ भन्ने प्रमाणित गर्न प्रयोगशाला विस्तार र थप जनशक्ति परिचालनमा सरकारको प्राथमिकता छ ।

“खाद्यान्न, फलफूल, तरकारीमा विषादीमा निषेध गर्दै जाने नीति सरकारको छ”, उहाँले भन्नुभयो । मन्त्री खनालले भन्सार नाकाबाट तरकारी, फलफूल तथा खाद्यान्नमा आयात गर्दा प्रयोगशाला परीक्षणका नतिजामा कढाइ तथा विषादीका ती पदार्थ आयात गर्न दिइन्न भन्नुभयो ।

खाद्यान्न, फलफूल, तरकारीमा विषादीरहित छ भन्ने पत्याउन सकिन्न ? डा मीनेन्द्र रिजालको पूरक प्रश्नको जवाफमा मन्त्री खनालले भन्नुभयो, “जैविक विषादीको प्रयोग बढ्दो छ, घातक विषादीको प्रयोग न्यून छ । यसैकारण विषादीरहित खाद्यान्न, फलफूल, तरकारी बढ्दो छ ।”

विषादीरहित नेपाल कहिले होला ? सांसद देवेन्द्रराज कँडेलको पूरक प्रश्नमा मन्त्री खनालले “सरकारले ६ नं प्रदेशलाई प्राङ्गारिक उत्पादन प्रदेश घोषणा बनाउने अभियानमा रहेको छ । विस्तारै विषादीरहित नेपाल बनाउने अभियानमा सरकार लागेको छ ।” सो प्रश्नमा सांसद राजेन्द्रकुमार केसी, राजेन्द्र लिङ्देन पनि मन्त्री खनालसँग पूरकप्रश्न गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com