अपराध न्यूनिकरणमा समुदाय प्रहरीको साझेदारी


प्रकाशित मिति : २३ माघ २०७५, बुधबार

काठमाडौंको टोखा नगरपालिका ७ को ११ वटै वडा कार्यालयहरुमा आगामी दिनमा वडा समन्वय समितिले गर्नु पर्ने कार्यक्रमहरुको सम्बन्धमा बिभिन्न विषयमा छलफल भएको छ।

मंगलबार भएको कार्यक्रममा महानगरिय प्रहरी प्रमुख बसन्तकुमार लामाले टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलसंग आगामी दिनमा बडा समन्वय समितिको कार्यक्रमको विषय छलफल गर्दै अपराध र अनुसन्धानको तथा नियन्त्रय शान्ती सुरक्षामा विषयमा रोकथाम गर्ने उपाय अपनाइ जानकारी गराएका छन ।

कार्यक्रममा उपमेयर डंगोलले शान्तिपूर्ण समाज निर्माणका लागि नगरपालिकाले आबश्यक सहयोग गर्न सदैब तयार रहेको कुरा ब्यक्त गरेकी थिइन भने सहभागीहरुले ११ ओटै वडाका वडा समितीहरुले आगामी कार्यक्रमको सम्बन्धमा कार्य योजना पेश गरेका छन ।

महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसाईले महानगरीय प्रहरी वृत्त महाराजगंजले ६ महिनाको अबधिमा अपराध अनुसन्धान तथा नियन्त्रण,शान्ति सुरक्षा र समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गरीएका विविध गतिविधिहरुको सम्बन्धमा श्रृब्यदृष्य मार्फत जानकारी गराउदै अपराध न्युनिकरण तथा अपराध रोकथाम सम्बन्धमा समुदाय प्रहरी वडा समितिको भूमिकाको विषयमा प्रकाश पारेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com