४ वर्षिय बालिका बलात्कारपछि हत्या गर्ने शिक्षकलाई फाँसी


प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार

एक शिक्षकले चार वर्षीया अबोध बालिकालाई घरबाट छुटाएर बलात्कार गरेका छन् । ती शिक्षकले बालिकालाई बलात्कार गरिसकेपछि दर्दनाक अवस्थामा छाडेर भागे । बलात्कारी शिक्षकले ती बालिकाको मृत्यु भएको सम्झेर छाडेर भागेका थिए । यस्तो दर्दनाक अवस्थामा बलात्कृत ती बालिकालाई एयरलिफ्टकोको साहारामा सतनाबाट दिल्ली लगिएको थियो । यसै मुद्धामा आरोपित ती शिक्षकलाई फाँसी दिइएने फैसला भएको छ । उनलाई २ मार्चका दिन फाँसी दिइने निर्णय भएको हो ।

यो घटना भारतको मध्य प्रदेशको सतना जिल्लाको परसमनिया गाउँको हो । जहाँ चार वर्षीया अबोध बालिकालाई शिक्षक महेन्द्र सिंह गोंडले बलात्कार गरेका थिए । रिपोर्टका अनुसार ती बलात्कारी शिक्षक महेन्द्रलाई २ मार्चको किहान ५ बजे बिहान जबलपूर स्थित नेताजी सुभाष चन्द्र बोस केन्द्रिय कारागारमा फाँसी दिइनेछ । यस मुद्धामा निचली अदालतद्वारा फैसला गरिएको फाँसीको सजायलाई एमपी हाइकोर्टले पनि सदर गर्दै गत शनिबार दिनेश शर्माको अदालतले दुष्कर्मको डेथ वारेन्ट जारी गरिदिएको छ ।

अदालतले जबलपूरको सेन्ट्रल जेल अधीक्षकलाई पठाएको डेथ वारेन्टमा २७ वर्षीय बलात्कारी महेन्द्र सिंह गोंडलाई २ मार्चको बिहान ५ बजेको समयमा फाँसीमा झुण्ड्याउन आदेश दिएको छ । सन् २०१८ जुलाई १ तारिखको रात चार वर्षीया एक अबोध बालिकालाई आरोपित महेन्द्र सिंह गोंडले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । घटना घटेको दोस्रो दिननै तत्कालीन कलेक्टर मुकेश शुक्लाले तत्कालीन मुख्यमन्त्री शिवराज सिंह चौहानसँग कुरा गरेर पीडित ती अबोध बालिकालाई एयरलिफ्ट गर्दै दिल्ली स्थित एम्समा भर्ती गरेका थिए ।

परसमनिया रेप काण्डलाई लिएर निकै आलोचनाहरु भएका थिए । जिल्ला न्यायालयका पीआरओ फरुखद्दीनले बताए अनुसार शिक्षकद्वारा चार वर्षीया अबोध बालिका बलात्कृत भएकी थिइन्, जसको कारण उनी गम्भीर घाइते भएकी थिइन् । यसपछि शासनले एसआइटी गठन ग(यो । यो घटना १ जुलाई २०१८ को हो  | एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com