चिकित्सकको लापरबाहीले काखको छोरो गुमाएपछि आक्रोशित अभिभावकद्वारा अस्पताल तोडफोड


प्रकाशित मिति : २१ माघ २०७५, सोमबार

दुई वर्षीय बालकको मृत्यु भएपछि मृतकका अभिभावक र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्। अस्पतालको लापरबाहीले २ वर्षीयका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको भन्दै बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका हुन् ।

मेचीनगर नगरपालिका–४ चारआलीका राजवंशीको मृत्यु भएसँगै स्थानीयवासीले आइतबार राति करिब १० बजे अस्पताल तोडफोड गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। झाडापखला लागेका जेनितलाई उपचारका लागि साँझ ७ वजे अस्पताल ल्याइएको थियो।

आक्रोशित आफन्त र स्थानीयवासी तोडफोडमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरी लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए ।

आकस्मिक कक्षमा राखिएको जेनितलाई नर्सले इन्जेक्शन दिएको केही समय पछि मृत्यु भएको आफन्तको दाबी छ। घटनाले उग्र रुप लिएपछि जनप्रतिनिधिले मृतकका आफन्त र गाउँवासीलाई सम्झाएर वार्ताको वातावरण निर्माण गरेका थिए।हाल बैठकपछि मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com