गैरआवासीय नेपाली संघले अब सरकारी अनुदान नलिने


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारसँगको उच्चस्तरीय भेटघाटलाई व्यवस्थित गर्दै सरकारी अनुदान नलिने निर्णय गरेको छ ।

पछिल्लो समय एनआरएनका पदाधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि समेत मनपरी रुपमा मन्त्री तथा सरकारी उच्च अधिकारीलाई भेट्ने गरेको गुनासो बढेपछि शनिवार सम्पन्न एनआरएनएको पदाधिकारी साइबर बैठकले उच्चस्तरीय भेटघाटमा नयाँ व्यवस्था गरेको हो ।

निर्णयअनुसार अब संघसँग सम्बन्धी एजेन्डामा सरकारसँग छलफल गर्नु परे संघको अनिवार्य अनुमति आवश्यक पर्नेछ ।

एनआरएनएका प्रवक्ता भूषण घिमिरेले बैठकले संघसँग सम्बन्धी एजेन्डामा सरकारसँग छलफल गर्नु परे संघको अनुमति लिएर भेट्न सकिने प्रावधान राखिएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि गत महिना संघको एक कृषि सम्बन्धी उपसमितिको एक प्रतिनिधी मण्डलले संघलाई कुनै जानकारी नदिई कृषि मन्त्रीलाई भेटेर काठमाडौं उपत्यकाभित्र ५० रोपनी सरकारी जग्गाको माग गरेको पाइएपछि संघभित्र विवाद उत्पन्न भएको थियो । डेढ अर्ब रुपैयाँको लगानी ल्याउने भन्दै सो जग्गा माग गरिएको भन्दै बिभिन्न मिडियाहरुले समाचार प्रकाशित गरेका थिए ।

संघका महासचिव डा. बद्री केसीका अनुसार बैठकले संघको तर्फवाट कुनै समितिले सरकारी अनुदान लिन नपाउने निर्णय गरिएको छ ।

बैठकले भिजिट नेपाल २०२० लाई सफल बनाउन अध्यक्ष भवन भट्टको संयोजकत्वमा नेपाल भ्रमण वर्ष मुल समितिको गठन पनि गरेको छ । सो समितिमा गैरआवासीय नेपाली संघका सबै राष्ट्रिय समितिका अध्यक्षहरु सदस्य रहेका छन् ।

बैठकले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिको सदस्यता शुल्क यथावत राखेको छ । बैठकमा अध्यक्ष भट्टले सदस्यता शुल्क बृद्धि गर्दा सदस्यहरुलाई आर्थिक भार पर्ने भन्दै प्रति सदस्य शुल्क ५ डलरनै कायम गर्न प्रस्ताव गरेका थिए ।

यसअघि काठमाडौंस्थित एनआरएन भवन र लाप्राक परियोजनाको लागि रकम कम भएको भन्दै सदस्यता शुल्क बृद्धि गर्ने प्रस्ताव भएको थियो ।

बैठकले संघका सबै राष्ट्रिय समितिहरुलाई एमआईएस (संघको सदस्यता सम्बन्धी केन्द्रीय पोर्टल) प्रणाली मार्फत सदस्यता वितरण गर्न समेत निर्देशन दिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

बैठकले संघमा आर्थिक स्थायित्व कायम गर्न अध्यक्ष भट्टको अध्यक्षतामा एक आर्थिक समिति समेत गठन गरेको छ समितिको सदस्यमा उपाध्यक्ष सपिला राजभण्डारी, सदस्य सचिव राजेश राणा रहेका छन् ।

यस्तै बैठकले सर्वोच्च अदालतले दिएको फैसला अनुरुप विदेशमा रहेका नेपालीहरुलाई भोटिङको अधिकार दिनको लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारसँग सहकार्यका लागि महासचिव डा. केसीको संयोजकत्वमा एक समिति गठन गर्ने प्रस्ताव पनि गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com