महादान ! ‘जसले ९ महिने बालिकाको जीवन रक्षाका लागि कलेजो दिए’


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

नेपालमा मृत्युपश्चात कलेजो,मुटु,फोक्सो, मृगौला लगाएत मानव शरीरका महत्वपूर्ण अंग दान दिनेको संख्या बढ्न थालेको छ । मृत शरीरबाट अंग निकालेर जीवित ब्यक्तिमा प्रत्यारोण तथा एकाघर भित्र जटिल रोगबाट ग्रसित भएपनि जीवितै अवस्थामा अंग प्रत्यारोपणमा आनकानी गरेका धेरै समाचार सुनिन्छ । तर, म्याग्दीका एक ब्यक्तिले ९ महिनाको बालिकाको जीवन रक्षाका लागि कलेजो दान गरेका छन् ।जिल्लाकै परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्र कुमार केसीले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी सियाना रन्तिजालाई कलेजो दान गरेका हुन् ।

आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएका विपन्न म्याग्देलीको उपचारमा आर्थिक तथा अभियान सञ्चालन गदैं आएको कोषको पहलमा शुक्रबार भारतको सर गंगाराम अस्पतालमा रन्तिजालाई कलेजो दिएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । ‘मानवीय सेवाको सबैभन्दा ठूलो कार्य हो,‘सियाना जस्ता धैरैलाई यसले एउटा उर्जा थप्ने छ’ शाक्यले भने ।उनले शुक्रबार करिव ८ बजे संस्थापक अध्यक्ष केसीको शरीरबाट ३० प्रतिशत कलेजो निकालेर सियानालाई प्रत्यारोपण गर्ने कार्य भइरेहको बताए । प्रत्यारोपणको सम यमा करिव ८ देखि १२ घण्टासम्म लाग्ने अनुमान गरिएको छ।

प्रत्यारोपण गरिएपछि विरामी र डोनरलाई चिकित्सकले निगरानीमा राखिने चिकित्सकको भनाई उद्धित गदैं शाक्यले भने। पाँचपटक सम्म अस्पतालमा चिकित्सकले चेकजाँच तथा नेपाली तथा भारत सरकारको कानुनी प्रक्रिया पुरा गरी केसीको कलेजो प्रत्यारोपण गरि एको कोषले जनाएको छ । प्रत्यारोपणपछि डोनरको कलेजो पुरानै अवस्थामा फर्किने बेलासम्म नियमित चेकजाँच, औाषधी सहित आवश्यक सहयोग कोषले गर्ने छ ।डोनर ३ दिन आइसियूमा र ११ दिन अस्पतालमा बसेर डिस्र्चाज हुने छन् भने सियाना ३० दिन अस्पतालमै चिकित्सकको उच्च निगरानीमा राखिने छ ।

प्रत्यारोपणका लागि समाजसेवी केसी बिहिबार अस्पतालमा भर्ना भएका थिए। सियानाका आमाबुबाको कलेजो म्याच नगरेपछि डोनरको खोजी भइरहेको अवस्थामा कोषका संस्थापक अध्यक्ष केसीको म्याच भएसंगै करिव दुईमहिनादेखि आवश्यक प्रक्रिया सुरु गरिएको थियो ।उनले कोषले जटिल अवस्थाका विरामीको उपचार गर्ने गरेको अवस्थामा कलेजो म्याच नहुदाँ मृत्युलाई कुरेर बसेकी एक बालिकालाई नयाँ जीवन दिने अभियान सुरु गरेपछि कोषको पहलमा आफुँले दान गरेको बताए । डा.निमेश र डा. बिशाल संलग्न छन् । चिकित्सकसंग कोषका अध्यक्ष शाक्य नियमित सम्पर्कमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘एउटा परोपकारी संस्थामा लाग्दा मैले यो दान गर्ने अवसर पाए,‘सहयोग जुटाएरै विरामीलाई बचाउन सकिन्छ भन्ने सन्देशपछिको यो अर्को ठुलो प्रयास थियो’ भारतबाट कुराकानी गदैं केसीले भने । डा. निमेशको भनाई उद्धित गदैं अध्यक्ष शाक्यका अनुसार कले जो प्रत्यारोपण आफैंमा जटिल र ठूलो सर्जरी भएकाले सफलतासँगै टिकाइराख्ने चुनौती भएकाले प्रत्यारोपण फेल भए यसमा मानिसहरूको विश्वास गुम्ने भएकाले पनि दुवैलाई निगरानीमा राखेपछि प्रत्यारोपणको कार्य सुरु भएको बताए । प्रत्यारोपणपछि सियाना ३० दि नसम्म अस्पतालमा बस्नुपर्ने, नियमित औषधी सेवन गर्नुपर्ने छ ।

कलेजो प्रत्यारोपण गरेका बिरामीहरूमा घाउ निको हुन समय लाग्ने, जहाँ छोयो त्यहीं रगत बग्ने र खाना नपच्ने जस्ता समस्या हुनसक्ने भएकाले चुनौतीपूर्ण भएको चिकित्सकको भनाई छ ।प्रत्यारोपणको एकबर्षसम्म विरामीलाई समान्य अवस्थामा फर्कन दिन नहुने भएकाले पनि करिब ६ महिना सियानाका परिवार भारतमै बस्नेछन् ।जिल्लामा प्रतिष्ठित माउण्ट एभरेष्ट आवासीय माविका अध्यक्ष समेत रहेका केसी, विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लव अफ नेपालमा आवद्ध छन् । म्याग्दी जिल्लामा लायन्सलाई प्रवेश गरा उन महत्वपूर्ण भुमिका खेलेका केसी बेनीबजारमा रहेको बैकल्पिक उज्यालो विद्यालयका अध्यक्ष समेत हुन् ।

बेनी अस्पतालको गुणस्तरीय सेवा मार्फत विरामीलाई आर्कषित गर्ने गरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत भएका केसी दर्जनौ संघसंस्थामा आवद्ध छन् ।लायन्स क्लवसंगै विभिन्न संघसंस्थामा उनले गरेका कामले कान्तिपुर दैनिकमो बर्ष पुरुषको छनौट त था नेपाल टेलिभिजनको शान्ति दुत कार्यक्रममा समेत केसी छनौट भएका थिए।बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको शान्ति बचाउँ अभियानमा संयोजकको भूमिका निर्वाह गरेका केसीले शान्तिको उपचारमा आर्थिक जुटेपछि अधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गरेका थिए ।

ओमकुमारी शान्तिको निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषको अभिायनमार्फत भूकम्पले अस्तब्यस्त भएका विभिन्न जिल्लामा पुगेर राहत वितरणको नेतृत्व समेत केसीले गरेका थिए ।उनले शान्ति कोषमार्फत सञ्चालित अधिकांस अभियानमा सह योग गर्ने गरेका छन् । कोषको अभियानमा अध्यक्ष शाक्य र संस्थापक अध्यक्ष केसीले ब्यक्तिगत रुपमै ५ हजार सहयोग गर्ने गरेका छन् । कोषमार्फत सुरु भएको अभियानमा प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म खर्च गरिएको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका करिव १ सय १० जना विरामीको उपचारमा सहयोग गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com