अष्ट्रेलिया पढ्न हिंडेका भारतीय विद्यार्थी मेलबर्न एयरपोर्टबाट नै पक्राऊ, ल्यापटप र मोबाइल जफत
प्रकाशित मिति : माघ १९, २०७५ शनिबार
अष्ट्रेलिया पढ्न हिंडेका भारतीय विद्यार्थी प्लेनबाट अष्ट्रेलिया ओर्लेपछि नै पक्राउ परेका छन् । प्रहरीले उनलाई मेलबर्न एयरपोर्टबाट पक्राउ गरेको हो ।
भारतको न्यु दिल्लीबाट स्टुडेन्ट भिसामा आएका उनको मोबाइल र ल्यापटप समेत प्रहरीले जफत गरेको छ ।
एयरपोर्टमा उनको सामान जांच गर्ने समयमा मोबाइल र ल्यापटपमा अश्लिल सामग्रीहरु भेटिएका थिए । ती अश्लिल सामग्रीमा बालबालिकाको समेत प्रयोग भएको थियो । बाल यौन शोषण गरिएका सामग्री अष्ट्रेलिया भित्र्याएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
यही आरोपमा मलेसियाबाट अष्ट्रेलिया आउंदै गरेका एक भारतीय केही दिन अगाडी एयरपोर्टबाट पक्राउ परेका थिए ।






