विद्यार्थीले खाजा खर्च कटाएर दुई हात र एक खुट्टा गुमाएका कृष्णलाई सहयोग गरे


प्रकाशित मिति : १९ माघ २०७५, शनिबार

विद्युत विस्तारको क्रममा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकुमको सानीभेरी गाउँपालिका निवासी २१ वर्षीय कृष्ण वलीलाई दाङका विद्यार्थीले सहयोग गरेका छन् ।

दाङको तुलसीपुर बजारमा रहेको तुलसी आवासीय विद्यालयका विद्यार्थीहरुले खाजाखर्च कटाएर संकलन गरेको ६३ हजार तीन सय ७० रुपैयाँ सहयोग गरेका हुन् ।

कक्षा पाँचसम्म त्यसै विद्यालयमा अध्ययन गरेका वलीलाई विद्याथीहरुले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रकम वलीकी आमालाई शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन् ।

गएको जेठ २५ गते विद्युत लाइन विस्तार गर्ने क्रममा दाङको तुलसीपुर–१३, मा करेन्ट लाग्दा वलीले एउटा खुट्टा र दुवै हात गुमाएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com