संशोधन प्रस्ताव संसदमा राख्न दिँदैनौ : महासचिव पोखरेल


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक संविधान विपरीत भएको जनाउँदै त्यसलाई संसद्मा छलफल गर्न नसकिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल काठमाडौँले पुस २२ गतेको एमालेको जनप्रदर्शनको सन्दर्भमा आयोजना गरीएको कार्यक्रममा वोल्दै उहाँले संविधान संशोधनको प्रस्ताव सामाजिक सद्भावमा खलल पार्ने, जनभावना विपरीत र असंवैधानिक भएको विचार व्यक्त गर्नुभयो । नेता पोखरेलले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएर टेबल गर्ने प्रयास भइरहेकोले यसको आवश्यकता र औचित्य नभएको बताउनुभयो ।
नेता पोखरेलले संविधान संशोधनका विषयमा एमालेसहित नौ दलले संसद् चल्न नदिए पनि निर्वाचन गर्ने विषयमा भने एमालेले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सभामुखले राजनीतिक दलहरुलाई असहमतिका विषय र प्रक्रियामा सहमति गर्न गराएको ध्यानाकर्षणलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुरुप दलहरुले प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले संविधान संशोधनको विषयलाई लिएर एमालेले गर्न लागेको जनप्रदर्शन सफल पार्न सबैसँग आग्रह गर्नुभयो । एमालेले पुस २२ गते काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गर्ने तयारी भएको छ । विभिन्न ३३ स्थानबाट पदयात्रा निकाल्ने बताइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com