युरोपको सपना देख्ने पाँच नेपाली लिबियामा बन्धक, स्थानीय गुन्डाहरूको नियन्त्रणमा


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

पोखराकी सुनीता पुनलाई हरेक दिन दिउँसो दुई बजे मुटुको ढुकढुकी बढ्न थाल्छ। फेसबुक मेसेन्जरमा उनको भतिजलाई त्यति नै खेर परिवारसँग कुरा गर्न र पैसा माग्न अह्राइएको हुन्छ।

उनको भतिज धिराज थापासहित रन्जित केसी, अमन लोजा, ओम गुरुङ र सुरेश केसीलाई उत्तर अफ्रिकी मुलुक लिबियामा बन्धक बनाइराखिएको उजुरी प्रहरीमा परेको छ। वैदेशिक रोजगारमा लैजाने दलालले उनीहरूसँग कुल ५१ लाख रुपैयाँ लिएर इटली लैजाने आशा देखाएको बताइन्छ। तर अहिले उनीहरू लिबियामा स्थानीय गुन्डाहरूको नियन्त्रणमा रहेको उनीहरूले बताएका छन्। बीबीसी नेपाली सेवाले यसबारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । 

धिरजकी सानीआमा सुनिता पुन भन्नुहुन्छ – ‘भदौ २२ गते धिरज नेपालबाट गएको हो। एक महिना दुबईमा राख्यो। इटली गएको मानिस एकाएक लिबिया पुर्‍याइयो। सन्चै छ भन्दाभन्दै अहिले आएर नराम्रो अवस्था भएपछि उद्धारको काम सुरु गरेको हो।उनीहरूले सुरुमा सन्देश पठाइराख्थे। ठिकै छ भनिरहन्थे। आज लैजान्छ, भोलि लैजान्छ भनिरहन्थे। त्यसरी नै दिनहरू बितिरहेका थिए। तर पछि एकदमै अप्ठेरो अवस्था भइसकेपछि उनीहरूले नै आफ्ना आमाबुवालाई उनीहरूको अवस्थाबारे बताए।’

‘त्यहाँका गुन्डाहरूले समातेर पैसा माग्न थालेपछि बल्ल हामीलाई उनीहरू अप्ठेरोमा परेको थाहा भयो। त्यसपछि पहिले हामी पोखरा गयौँ। वैदेशिक रोजगार विभागमा जानुपर्छ भनेपछि हामी काठमाण्डू गयौँ। त्यहाँ हामीले विभाग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सम्पर्क गर्‍यौँ। अहिले उनीहरूले रिहाइका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ मागेको मेसेन्जरमार्फत् बताइरहेका छन्। गुन्डाहरूले राम्रोसँग खान र लाउन दिएका छैनन्। चप्पल पनि छैन भनिरहेका छन्। मोबाइल पनि पैसा माग्न र दु:ख बिसाउनलाई मात्रै प्रयोग गर्न दिइएको बताएका छन्। सरकारले उनीहरूलाई उद्धार गर्न सकेसम्म प्रयास गरोस् भन्ने लाग्छ।’  सुनिता पुनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोप तथा अमेरिका पठाउने प्रलोभनमा नेपालीहरूलाई विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा पुर्‍याएर बन्धक बनाउने क्रम बढ्न थालेको छ। अधिकारीहरूका अनुसार युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मध्यपूर्व र अफ्रिकाका द्वन्द्वग्रस्त मुलुकहरूलाई केन्द्र बनाउन थालेका हुन्।

इटली पठाउने भन्दै उत्तरी अफ्रिकी मुलुक लिबिया पुर्‍याइएका पाँच नेपालीलाई बन्धक बनाइएको भन्दै उनीहरूको परिवारका सदस्यले उद्धारका लागि सरकारलाई आग्रह गरिरहेका बेला अधिकारीहरूले त्यस्ता घटनाहरू बढेको जानकारी दिएका हुन्।

इटली जाने भनेर करिब पाँच महिना अघि दुबई गएका पाँचजना नेपाली युवाले केही साताअघि आफ्ना परिवारलाई भिडियो सन्देशमार्फत् आफूहरूलाई लिबियामा बन्धक बनाइएको जानकारी गराएका थिए।

फेसबुकमार्फत् पठाइएको उक्त भिडियो सन्देशमा उनीहरूको आँखामा पट्टी बाँधिएको थियो। दलाललाई प्रतिव्यक्ति १३ लाख रूपैयाँ भन्दा बढी बुझाएर भ्रमण भिसामा इटाली जान हिँडेका उनीहरू लिबियामा बन्धक बनेको खबर पाउँदा परिवारजन अन्योलमा परेका छन्।

आफन्त बन्धक बनेको खबर पाएपछि पीडित परिवारका सदस्यहरू काठमाण्डू आएर प्रहरी र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा उजुरी दर्ता गराए। सोही उजुरीका आधारमा प्रहरीले नेपालमा रहेका दुई दलाललाई पक्राउ गरिसकेको र पीडितलाई उद्धारका लागि पहल गरिएलको अधिकारीहरू बताउँछन्।

उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा त्यसरी बन्धक बनाउने र अलपत्र पार्ने क्रम बढ्दो छ। लिबियासमेत हेर्ने इजिप्टस्थित नेपाली राजदूत झविन्द्रप्रसाद अर्याल भन्छन्, “अहिले लिबियाको जस्तै घटना नाइजेरियाको पनि आएको थियो। कहिले सिरियाको आउँछ। कतिपय उच्च शिक्षा हासिल गरेका युवा पनि त्यसरी आएको देखिन्छ। यो प्रवृत्ति घट्ला भन्दा झन् बढ्दै गइरहेको छ।”

उनले हाल लिबियामा बन्धक बनाइएकाहरूको उद्धारका लागि त्यहाँको सरकार, अन्तर्राष्ट्रिय नियोगहरू र शान्ति सेनामा रहेको नेपाली सेनामार्फत् पहल गरिएको जानकारी दिए। तर नेपालीलाई प्रलोभनमा पारी विभिन्न मुलुक पुर्‍याएर बन्धक बनाउनेहरूले बारम्बार बाटो परिवर्तन गर्ने गरेकाले रोकथाममा चुनौती थपिएको कतिपय अधिकारीको भनाइ छ।


खसोखास भिडियो

के हुँदैछ एनआरएन नागरिकता ? के पाउँदैछन् के गुमाउँदैछन् ?

जर्सी सिटी र इन्द्रावतीबीच भगिनी सम्बन्ध, एक्सचेन्ज प्लेसमा नेपालको झण्डा फहराइने

अमेरिकी अध्यागमनमा सन् २०१९ मा हुने मुख्य ५ परिवर्तन

बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com