चुनावको लागि तयार रहन कार्यकर्तालाई पौडेलको निर्देशन


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुङ्याएर निर्वाचन गर्ने तयारीमा जुटेको बताउनुभयो ।

“सरकार जेठसम्ममा स्थानीय चुनाव गर्ने र मङ्सिर सम्ममा प्रदेश र संसद्को चुनाव गर्ने तयारीमा रहेको पौडेलले जिकिर गर्नुभयो ।  त्यसैले तपाईँहरू निर्वाचनका लागि तयारी हुन नेता पौडेलले निर्देशन दिनुभयो ।

संसद्मा अवरोध गर्नाको सट्टा नेकपा एमाले संसद् खुलाउन पहल गर्नुपर्ने बताउँदै पौडेलले संविधान जारी गर्दा एक भएका दलहरु संशोधन प्रक्रियामा पनि एक भएर अगाडि बढनुपर्ने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com