अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लागेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी हुन् ।
उनी विहीबार मात्रै अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
राजदूत शर्पाले भने आफू विरुद्धको आरोप निराधार रहेको बताएकी छन् । चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनको दाबी रहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।