चर्चित बलिउड अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको निधन


प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार

चर्चित बलिउड अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मङ्गलबार निधन भएको छ । उनको ९९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन । आमाको अन्तिम सास महशुस गर्न नपाएका नानालाई अहिले अर्को पिडा थपिएको छ ।

बलिउड नायिका तनुश्री दत्ताले यौन दुव्र्यवहारको आरोप लगाएपछि पिडामा रहेका नानालाई आमाको अन्तिम संस्कारमा कोही पनि बलिउडका कलाकार नआउँनुले थप पिडा दिएको छ ।
नानाले २७ वर्षको उमेरका विवाह गरेका थिए । उनी २८ वर्षको हुँदा उनका बुवाको मृत्यु भएको थियोे । बाबु गुमाएको पिडा हुँदाहुँदैं नानामाथि अर्को विपत्त आइलाग्यो त्यो थियो उनको जेठो छोरोको मत्यु ।

उनले बिहेको झण्डै तीन वर्षपछि आफ्नो जेठो सन्तान गुमाएका थिए । उनले बलिउडमा थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेका छन । उनका अहिले अर्का एक छोरा छन जो कलाकारीतामा नैं संलग्न रहेका छन ।

मिटुको असरले गर्दा अहिले नाना काम विहिनजस्तैं भएका छन । उनलाई बलिउडमा कसैंले पनि याद गर्न चाहेको देखिएको छैंन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com