न्युयोर्कमा नयाँ बर्षको स्वागत


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

लाइभ हेर्नुहोस् न्युयोर्कमा नयाँ बर्षको स्वागत

न्युयोर्कको टाइम्स स्क्यायरमा १० लाख भन्दा धेरै मान्छे जम्मा भएर नयाँ बर्ष २०१७ को स्वागत गर्दैछन् । राती १२ बजे २६८८ वटा क्रिस्टलहरु भएको १२ हजार पाउण्डको क्रिस्टल बल खसालेर न्युयोर्कको टाइम्स स्क्वायरमा नयाँ बर्षको स्वागत गरिदैछ ।

नयाँ बर्ष २०१६ बिदा भएर केहीसमयभित्रै नयाँ बर्ष २०१७ हामीमाझ आउँदैछ । कतिपय देशहरुमा नयाँ बर्ष २०१७ सुरु भइसकेपनि न्युयोर्कमा नयाँ बर्ष २०१७ को स्वागत गरिदैछ ।

लाइभ भिडियो हेर्न यहाँ पनि क्लिक गर्न सक्नुहुनेछ । 

विश्वका कतिपय देशहरुले २०१६ को बिदाई गरिसकेका छन् । टोंगा, न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, साउथ कोरिया, चीन, सिंगापुर, फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, नेपाल, भारत , पाकिस्तान, मध्यपूर्वका देशहरु, युरोपका देशहरु, बेलायत लगायतका देशमा सन् २०१६ को बिदाई गरिएको छ र सन् २०१७ को स्वागत गरिएको छ ।

अमेरिका, ब्राजिल, क्यानडा लगायत उत्तर अमेरिका र दक्षिण अमेरिकाका मुलुकहरुमा नयाँ बर्षको आगमनलाई प्रतिक्षा गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com