शिकागोको इतिहासमा नै दोश्रो चिसो दिन, नेपाली समेत प्रभावित


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

बुधबार शिकागोको इतिहासमा नै दोश्रो सबैभन्दा चिसो दिन बनेको छ । सन् १९८५ मा शिकागोको तापक्रम दिउसोमा माइनस २७ डिग्रीसम्म झरेको थियो । बुधबार शिकागोको तापक्रम माइनस २३ डिग्रीसम्म झरेको छ ।

त्यस्तै सन् १९८२ को मध्यान्हमा शिकागोको तापक्रम माइनस २१ डिग्रीसम्म पुगेको थियो । बुधबार मध्यान्ह शिकागोको तापक्रम माइनस १८ डिग्रीसम्म झरेको छ ।

राष्ट्रिय मौसम सेवाका अनुशार सन् १९८५ को जनवरी २० को दिनमा शिकागोको तापक्रम माइनस २७ डिग्रीमा झरेको थियो भने सन् १९८२ को जनवरी १० को मध्यान्हमा शिकागोको तापक्रम माइनस २१ डिग्रीमा झरेको थियो ।

शिकागोको तापक्रम बिहिबार पनि असाध्यै चिसो रहेको र नेपालीहरु समेत प्रभावित भएको त्यहाँबाट नेपाली पर्यटनदूत बाला घिमिरेले जानकारी दिनुभएको छ । मौसमका कारण कामकाज ठप्प भएको र नेपालीहरु समेत काममा जानसक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसक्षेत्रका नेपाली सबैजना सुरक्षित रहेको र कुनै अप्रिय घटना जानकारीमा नआएको घिमिरेले खसोखासलाई जानकारी दिनुभयो । तर पाइपमा पानी जमेर आफ्नो रेष्टुरेण्ट व्यवसाय भने प्रभावित भएको घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘पाइपमा पानी जमेर हाम्रो एउटा रेष्टुरेण्ट करी हाउस बन्द गर्नुपरेको छ । तर भोलि देखि सबै सामान्य हुने अपेक्षा गरेका छौं ।’

तस्वीरमा बरफले ढाकिएको लेक मिसिगन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com