सलिनको ‘यात्रा’


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

सलिनमान बँनिया स्टार फिल्म ‘यात्रा’  को टीजर सार्वजनिक भएको छ । बिहिबार काठमाडौमा एक कार्यक्रम आयोजना गर्दै टीजर सार्वजनिक गरिएको हो ।

टीजरमा यात्राले ल्याउने परिस्थितिलाई देखाइएको छ । सलोन बस्नेतको भिलेन अवतारलाई पनि टीजरमा समावेश गरिएको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनमान बँनिया, सलोन बस्नेतका साथै जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । सञ्जय लामाले छायाँकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् । फिल्ममा सुगम पोखरेल, मेलिना राई, प्रेक्षा बज्राचार्य, सुरेश लामा, उपकार पाण्डे, भारतिय गायक धर्मेन्द्र सेवानको गायन, सम्भुजित बास्कोटा, प्रतिक पौडेल, भारतिय संगीतकार कोबिद बज्रको संगीत, हिमाल केसीको द्वन्द्व, प्रविन सिंहको कोरियोग्राफी रहेको छ । फिल्म चैत्र २९ गते देखि रिलिज हुँदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com