बैंकमा जम्मा गर्न लगेको रकम ‘लुटियो’ भन्दै प्रहरीलाई झूटो खबर दिएपछि…


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

बैंकमा जम्मा गर्न लगेको रकम ‘लुटियो’ भन्दै ट्राभल्स एजेन्सीको मालिक र प्रहरी समेतलाई झूटो खबर दिने तिलकराम अधिकारी पक्राउ परेका छन् ।

स्याङ्जा स्थायी घर भएका अधिकारीलाई बुधवार गोंगवुमा रहेको रियल टाईगर टुर्स एण्ड ट्राभल्सकी सञ्चालिका डेजिना बस्नेतले ८ लाख १५ हजार रुपैयाँ बैंकमा जम्मा गर्न भन्दै पठाएकी थिइन् ।

तर, अधिकारीले बुधबार मध्यान्ह साढे १ बजेतिर केही ब्यक्तिले बन्दुक देखाएर, नशालु पदार्थ समेत सुँघाएर नगद लुटेर फरार भएको भन्दै ट्राभल्समा जानकारी गराएका थिए ।

ठूलो परिणामको नगद लुटपाट भएको खबर आएसँगै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उक्त रकम नलुटिएको खुल्न आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘अनुसन्धान गर्दै जाँदा अधिकारीले सामाखुसीस्थित अमृत डुम्रेको कोठामा उक्त रकम लुकाएको खुलेको छ’ अपराध महाशाखाका प्रवक्ता (एसपी) नरेन्द्र उपे्रतीले भने, ‘लुकाएको नगद सहित अधिकारीलाई पक्राउ गरेका छौं, चोरी मुद्धामा म्याद थिएर थप अनुसन्धान गर्छौं ।’

प्रहरी अनुसन्धानका क्रममा अधिकारीले सामाखुसी बस्दै आएका अमृत डुम्रेसँग मिलेर क्लोरोफर्म नामक विषालु ग्यास (बेहोस बनाउने) किनेर एकले अर्कालाई सुँघाएर बनावटी घटना रचना गरेको खुलेको छ ।

बनावटी घटनालाई कारण बनाएर रियल टाइगर टुर्स एण्ड ट्राभल्सको रकम लुट्ने, चोर्ने योजनामा संलग्न अमृत डुम्रे फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको अपराध महाशाखाले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com