टर्कीको रात्रिक्लबमा नयाँ बर्षमै हमला, ३५ को मृत्यु (८ तस्विर)


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

हतियारधारीहरुले टर्कीको शहर इस्तानबुलस्थित एउटा रात्रिक्लबमा हमला गरेका छन् । हमलामा रात्रिक्लबमा आएका कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

अर्टाकोएमा रहेको रेयना नामको रात्रिक्लबमा स्थानीय समय अनुसार राति साढे १ बजे उक्त हमला भएको जनाइएको छ । झण्डै ६ सय जनाले नयाँ बर्षको उत्सव मनाइरहेका बेला रात्रिक्लबमा हमला भएको हो ।

टर्कीका टेलिभिजनहरुले दुईजना हतियारधारी सान्टा क्लसको पहिरनमा क्लब छिरेको र उनीहरुले जथाभावी बन्दुक चलाएको जनाएका छन् ।

घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेका थिए भने एम्बुलेन्सहरुले घाइतेको उद्दार गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com