आहा ! धुर्मुससुन्तली फाउन्डेसनले यस्तो बनाउने भयो,अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (हेर्नुहोस भिडियो )
प्रकाशित मिति : माघ १६, २०७५ बुधबार
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपु्र महानगरपालिका १६ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
आज काठमाडौँमा आयोजित विशेष समारोहका बीच फाउन्डेनले सो घोषणा गरेको हो । जसका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।
यस्ताे देखिने छ धुर्मुस-सुन्तलीले बनाउने क्रिकेट रंगशाला (भिडियो)






