त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायव सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) हुन् ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(२) अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको आरोपमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।