यूएस बंगला जहाज दुर्घटनाको दोष पाइलटलाई, तनाव दबाउन धूमपान


प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार

a+unfb]zaf6 sf7df8f} cfPsf] o’o; a+ufn ljdfg ;f]daf/ !$ @) ah] lqe’jg cGt/f{li6«o ljdfg:yndf cat/0fsf s|ddf b’3{6gfdf k/L cfunfuL ePkl5 p4f/sf] k|of; x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

चालकदलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको यूएस बंगला विमान दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले उक्त घटना हुनुमा मुख्य कारण विमानकै कमान्डर पाइलट अविद सुल्तानलाई दोषी देखाएको छ ।

२ घण्टा लामो उडानलाई अवतरण गराउने क्रममा फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको उक्त दुर्घटनामा विमानका ५२ वर्षीय क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख छ ।

बमबार्डियर कम्पनीको क्यू–फोर–हन्ड्रेड विमानका प्रशिक्षक पाइलटसमेत रहेका उनलाई आफ्नै महिला सहकर्मीले आत्मसम्मानमाथि प्रश्न गरेकाले उनी दुःखी रहेको उल्लेख गरिएको छ । यो कुरा उनले ककपिटमा उडानका क्रममा छेउको कोपाइलट सिटमा बसेकी सहकर्मी पृथुला रसिदलाई सुनाएको अडियो दुर्घटना जाँच आयोगका सदस्यहरूले सुनेका छन्।

उनकी सहकर्मीले बंगलादेशमै छँदा उनको क्षमता तथा प्रतिष्ठामा प्रश्न गरेको संवाद ककपिटमा उनलाई विचलित बनाउने विषय बनेको छ । ६७ यात्रु बोके रढाकाबाट आएको उक्त उडानमा क्याप्टेनले इन–रुटमा रहेका बेला तनाव दबाउन धूमपान पनि गरेको भेटिएको छ । ‘विमानमा धूमपान गर्न पाइँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूएस बंगलामा पनि धूमपान निषेधको नीति थियो। उक्त उडानमा पाइलटले धूमपान गरेका थिए,’ ६ सदस्यीय आयोगले ककपिट भ्वाइस रेकर्डर सुनेर प्रतिवेदनमा लेखेको छ । यो समाचार कान्तिपुरबाट

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com