नेपालको पर्यटन क्षेत्रमा भइरहेको फर्जी उद्धार छानबिन नगरे बिमा रकम रोक्ने अन्तर्राष्ट्रिय बिमा कम्पनीकोचेतावनी !


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

निम्लेकी शेर्पा/ अन्तराष्ट्रिय बिमा कम्पनीहरुले नेपालको पर्यटन क्षेत्रमा भइरहेको फर्जी उद्धार सम्बन्धी ठगीको छानविन गर्न माग गरेका छन । अनुसन्धानले ठगी धन्दामा ट्राभल गाइड, हेलीकप्टर कम्पनी र केही नाम चलेका अस्पताल जस्ता निकायहरु नै संलग्न भएको देखिएपछि विमा कम्पनीहरुले दोषिलाई कारवाही नगरे फागुन ३ गतेदेखि विमा रोक्ने चेतावनी समेत दिएका छन ।

यसले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा प्रश्न चिह्न खडा भएको छ । यता सरोकारवाला निकाय भने विमा कम्पनिहरुले तेस्र्याएका सबै कुराहरु मान्न आवश्यक नभएको तर्क गर्छन् । ठगी नै गरेको भन्दा पनि अनुसन्धानको क्रममा बढि रकम लिएका कम्पनिहरुलाई अन्य निकायसंग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाइएको उनीहरुको दावी छ ।

केहि समय पहिले फेक रेस्क्युका कारण अत्तालिएको नेपालको पर्यटन जगत् बीचमा केहि सुनसान जस्तो देखिएको थियो । तर पछिल्लो समय विख्यात समाचारपत्र न्यूयोर्क टाइम्स् लगायतका सञ्चार माध्यम मार्फत अन्तर्राष्ट्रिय बिमा सम्बन्धी कम्पनीले विश्वको सर्वोच्च शिखर सगरमाथा आसपासमा पदयात्रामा गएका विदेशीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा भइरहेको ठगीका विषयमा छानबिन गरी दोषीलाई कारवाही नगरे आफूले रकम उपलब्ध नगराउने चेतावनी दिएपछि यो विषय पुन चुलिएको छ ।

केहि समयअघि नेपाल सरकार र आयरल्याण्डस्थित मेडिकल सम्बन्धी सहयोग गर्ने कम्पनी ट्राभलर एसिस्टले गरेको एक अनुसन्धानका क्रममा केही ट्रेक अपरेटर, गाइड, हेलिकोप्टर कम्पनी तथा चिकित्सक तथा अस्पतालसम्मको मिलेमतोमा उपचारका अन्य विकल्प भएर पनि सामान्य बिरामीलाई उद्धार गराई लाखौ अमेरिकी डलर बिमा कम्पनीबाट असुली गरेको पाइएपछि अन्तर्राष्ट्रिय विमा कम्पनिहरुले पटक पटक पर्यटन मन्त्रालयलाई यस सम्बन्धमा स्पष्ट पार्न पत्राचार गरिरहेको खबर सार्वजनिक हुने गरेको छ ।

सरकारले ठगी र कर छली गर्ने १७ वटा नेपाली कम्पनी विरुद्ध अभियोग दर्ता गरेको तर अझै कारबाहि नभएको ट्राभलर एसिस्ट विमा कम्पनिको भनाइ छ । उनीहरुले फेव्रुवरी १५ अर्थात फागुन ३ गते भित्र ती कम्पनिहरुलाई कारवाहि नगरे विमा रोक्ने जनाएका छन् । यता सरकारी निकाय भने तत्कालिन समयमा अनुसन्धान गर्दा सबैले ठगि गरेको नै भनेर होइन केहि रकम बढि भएको र बेइमानी गरेका कम्पनि लगायतलाई विभिन्न निकाय मार्फत कारवाहि गर्न सुझाव दिई सकेको दावी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय विशेष गरी विदेशी विमा कम्पनिहरुका कारण धेरै विदेशी पर्यटकहरु नेपाल भ्रमण गर्नबाट वञ्चित भइरहेको अनुभव नेपाल पवर्तारोहण संघको छ ।

नेपालको पर्यटन उद्योगमा सबैभन्दा ठुलो हिस्सा निजी क्षेत्रले आगटेको छ । गलत काम गरेकाहरुलाई कारवाहि गरेर नेपालको पर्यटन सुरक्षित छ, अब हामी ठगी गर्न दिन्नौ भन्ने सन्देश सबै मुलुकका आफ्ना दुतावासहरुबाट स्पष्ट पार्नुपर्ने अवस्था आएको सरोकारवाला निकायहरुको सुझाव छ ।

यता सरकारले भने पुरानो पर्यटन ऐन हुनुका साथै स्पष्ट ऐन कानुनको अभावमा यो समस्या भएको बताउ“छ । तर अहिले उद्धार, स्थान अनुसार कति बजेट लाग्ने जस्ता सबै विषयहरु नया“ कार्यविधिले स्पष्ट पारेको छ । त्यसको कार्यान्वयनका लागि सरकार साथै सबै सरोकारवाला निकायहरु पनि बहस भइरहेकाले नेपालको पर्यटन क्षेत्र सकरात्मक रुपमा नै अघि बढ्ने पर्यटन विभागको दावी छ ।

ट्राभलर एसिस्टका अनुसार सन् २०१८ को जनवरीदेखि अगष्ट सम्ममा १६०० वटा घटनामा हेलिकोप्टरबाट उद्धार गरिएको र ती मध्ये ३५ प्रतिशत चाहि जालसाजीपूर्ण भएको जनाइएको छ । बिमाका कारण ४ मिलियन डलर अर्थात् करीव ४० करोड रुपैया सम्बद्ध बिमा कम्पनीलाई घाटा भएको उल्लेख छ ।

अन्तराष्ट्रिय बजारमा नेपाली पर्यटनका बारेमा चर्चा भइरहँदा सरकारले पछिल्लो समयको आवश्यकता अनुसारको स्पष्ट नितीको रुपमा नया“ पर्यटन कार्यविधि नै तयार पारेकाले त्यस्तो समस्या नभएको सरकारको भनाइ छ । सरकारी निकायहरु यो वर्षको पर्यटक आगमनले विमा कम्पनिहरुले जस्तोसुकै गलत प्रचार गरे पनि नेपालको पर्यटन उद्योगमा समस्या नपर्ने दावी समेत गर्छन् । तर सरकारी दावी र विश्वास भ्रमण वर्ष २०२० मा कत्तिको चरितार्थ हुन्छ, त्यो भने महत्वपुर्ण पाटो हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com