काखमा छोरी राखेर बेहोस भएकी प्रमिलाको उपचारमा सहयोगको अपिल
प्रकाशित मिति : माघ १४, २०७५ सोमबार
आपसी सहमतिमा एकबर्ष अगाडी लगनगाँठोमा बाँधिएका रघुगंगा गाउँपालिका ३ पिप्लेका दिनेश दर्जी र सुन्दास प्रमिला दर्जीको बैबाहिक जीवनको एकबर्ष पुरा भएको थियो । लगनगाँठोमा बाँधिएको एकबर्षमा पहिलो सन्तानलाई स्वागतको तयारीमा थिए । नियमित काम, श्रीमतिको रेखदेख र नियमित चेकजाँचमा दिनेश ब्यस्त थिए ।
परिवारलाई सुखसयलका साथ पाल्न जापानमा पुगेका दिनेशले भिषा परिवर्तन गरेपछि कमाई पनि राम्रो थियो । निकै मिलेको जोडी भनेर चिनिने दिनेश दम्पत्तीको पहिलो सन्तान छोरीको आगमनपछिको खुसीयाली मनाउने तयारी एक्कासी लुटियो । गत जनवरी १३ तारिखमा एक्कासी घरमै बेहोस भएपछि जापानको कुवानास्थीत एक अस्पतालमा चेकजाँच गर्दा ब्रेनट्यूमर भएको चिकित्सकले बताएपछि दिनेशलाई छागाबाट खसेजस्तै भयो ।
ब्रेनट्यूमरको अप्रेसनपछि प्रमिलाको अवस्था थप चिन्ताजनक भएको मोना जापानका अध्यक्ष दिपक कार्कीले बताए । ‘अवस्था चिन्ताजनक छ,‘आमाको काखमा शिशु छ,‘उपचारमा लाखौं खर्च हुन्छ’ कार्कीले भने । उनले म्याग्देली विरामी भएको जानकारी पाएपछि तत्कालै अस्पतालमा पुगेको बताउँदै बच्चाको रेखदेखका लागी तयारी गर्न चिकित्सकले अनुरोध गरेपछि दुख लागेको बताए । ‘आमाको अवस्थालाई देखेर सबै चिन्तित छन्,‘उपचार तथा आवश्यक प्रक्रियाका लागी आर्थिक सहयोगको अपिल गरेका छौ’ उनले भने । मोना जापनाले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई आर्थिक सहयोग अभियानमा जुट्न अपिल समेत गरेको उनले बताए ।
‘अस्पतालबाट अझैपनि शुभ समाचारका लागी प्रयास भइरहेको छ,‘चिकित्सकले समेत प्रयास गरिरहेका छन्’ उनले भने । बेहोस भएपछि चिकित्सकले परिवारको सल्लाहमा अप्रेसन गरी बच्चालाई निकालेपछि प्रमिलाको बेनट्यूमरको अप्रेशन गरेका थिए । अप्रेसनपछि ३८ घण्टासम्म होस नआएपछि परिवारलाई आवश्यक तयारी गर्ने चिकित्सकले जानकारी गराएपछि आर्थिक सहयोग अभियानले तिब्रता पाएको महासचिव गणेश श्रेष्ठले बताए ।
उनका अनुसार विरामीको सहयोगका लागि म्याग्दी प्रवासी नेपाली मञ्च, मोना जापानको पहलमा आर्थिक आर्थिक सहयोग संकलन कार्य भैरहेको छ । सहयोग गर्न इच्छुक व्यक्तिहरुले निम्न खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।
खाता नम्बर = 10120-87744051 Jp bank
खाता नाम – मोना जापान (モーナジャパンクミアイ)
यो समाचार तयार पार्दासम्म संकलन भएको सहयोग रकमको विवरण यसप्रकार छ ।
१) दीपक कार्की = 10000¥
२) सचिन श्रेष्ठ = 5000¥
३) गणेश श्रेष्ठ = 5000¥
४) सागर कार्की = 5000¥
५) ज्ञानेन्द्र कार्की = 5000¥
६) प्रकाश तुलाचन = 5000¥
६) बलराम शर्मा = 5000¥
७) बिष्णु बानिया = 2000¥
८) तिलु फगामी मगर = 2000¥
९) कमल बानिया = 5000¥
१०) राम+आयुस्मा विश्वकर्मा = 5000¥
११) चन्द्र बहादुर केसी = 2000¥
१२) मनोज सापकोटा = 2000¥
१३) सुमित्रा गर्बुजा = 5000¥
१४) सरिता क्षेत्रि = बाग्लुङ = 2000¥
१५) पूजा क्षेत्रि = प्रवत = 5000¥
१६) बिशाल केसी = 5000¥
१७) टिका छन्त्याल = 5000¥
१८) हेम जुग्जाली मगर = 3000¥
१९) देबिन छन्त्याल = 3000¥
२०) सविन केसी = बाग्लुङ = 3000¥
२१) सुजन थकाली = बुटुवल = 5000¥
२२) पर्बिन भट्टचन = 1000¥
२३) पर्बिन घर्ति मगर+माया मगर = 5000¥
२४) राजु केसी = कास्की हेम्जा = 1000¥
२५) सन्दीप गुरुङ = गोर्खा = 5000¥
२६) प्रेम पुन+पबित्रा पुन = 5000¥
२७) दीपक खडका = 2000¥
२८) धुर्ब रिजाल = 2000¥
२९) देबिलाल भण्डारी = एनआरएन जापान बरिष्ठ उपाध्यक्ष = 5000¥
३०) सरोज कुमार खत्री = एनआरएन जापान उपाध्यक्ष = 10000¥
३१) शिव प्रसाद पौडेल =एनआरएन जापान उपाध्यक्ष=कास्की हेम्जा = 5000¥
३२) अनिता गुरुङ = एनआरएन जापान महिला उपाध्यक्ष 2000¥
३३) सबिता श्रेष्ठ = एनआरएन जापान महिला सयोंजक = 2000¥
३४) बुद्दिराज घिमिरे = एनआरएन जापान महासचिव = 2000¥
३५) अनिल थापा = एनआरएन जापान शह-कोषाध्यक्ष = 2000¥
३६) राजन पौडेल = एनआरएन जापान सदस्य = 2000¥
३७) दीपक कडेल = एनआरएन जापान सदस्य = 3000¥
३८) जाने लिंक टराभल & टुर = 5000¥
३९) रेशम भण्डारी = 3000¥
४०) दिलु भण्डारी = 5000¥
४१) प्रमिला राई = काठमाडौं = 5000¥
४२) लेलिन भट्टचन = एनआरएन जापान युवा सयोंजक = 3000¥
४३) संगिता अधिकारि = एनआरएन जापान सदस्य = 2000¥
४४) तारा कार्की = गुल्मी = 2000¥
४५) गणेश छन्त्याल = 3000¥
४६) म्याग्दी राखु समाज = 10,000¥
४७) कमल मल्ल = 3000¥
४८) राजेश कार्की = 3000¥
४९) लक्ष्मण केसी = 3000¥
५०) रबी खत्री = 3000¥
५१) सुमन केसी = रामेछाप = 2000¥
५२) प्रकाश मगर = जाजरकोट = 2000¥
५३) सकछम लिम्बु = मोरङ = 2000¥
५४) चिरन परियार = स्याङजा = 2000¥
हाल सम्म उठेको टोटल रकम = 206 ,000¥






