दीपक मनाङेले लिए सपथ


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

मनाङेले गत पुस ११ गते प्रदेशसभा कार्यालयमा शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले पटक-पटक छलफल गरी उनलाई सपथ खुवाउने निर्णय गरेका थिए । स्वतन्त्र उम्मेदवारबाट चुनाव जितेका उनले लामो समय हुँदा पनि सांसदको सपथ लिन पाएका थिएनन् । उनी ज्यान मुद्‍दामा जेल चलान भएका थिए ।

सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले भने ‘ ९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’ उनले सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com