सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा फागुनमा


प्रकाशित मिति : १४ माघ २०७५, सोमबार

मकवानपुर जिल्ला सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा हुने भएको छ ।

यही फागुन ४ गते जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरिने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । घोषणासभालाई भव्य बनाउन आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा फागुन ४ पछि जिल्लाभर त्यस्ता व्यक्ति देखिए ससम्मान व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

“बेसहराको व्यवस्थापन गर्नु राज्यको दायित्वभित्र पर्छ र त्यो दायित्व राज्यर्फबाट स्थानीय सरकारले पूरा गर्न पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो । मानसिक सन्तुलन गुमाएकाको उपचारसहितको व्यवस्थापन, मागेर खानेको त्यहीअनुसार व्यवस्थापन गरिने उहाँको भनाइ थियो ।

परिवार भएर पनि बेसहारा भएकाको पनि नियमानुसार उचित व्यवस्थापन गरिने तथा मदिरा वा लागुऔषध सेवन गरेर चोक, चौतारा र बाटामा सुतेर जिल्लाका गाउँ शहरलाई कुरूप बनाउनेलाई कारवाही गरिने पनि उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सहयोगापेक्षी सडक मानव मुक्त मकवानपुर अभियानमा उपमहानगरपालिका पूर्णरूपमा समाहित हुने बताउनुभयो ।

उहाँले हेटौँडा नगरीसहित समग्र जिल्लालाई मानवताको जिल्ला बनाउन नगरपालिका लागि पर्ने पनि बताउनुभयो ।

कार्यक्रममा जिल्लाका स्थानीय तह प्रमुख एवं प्रतिनिधि, मामाघर नामक अभियान चलाएर सडक बालबालिकालाई आश्रय प्रदान गर्नुभएका अर्पण पराजुली, २०० भन्दा बढी मानसिक सन्तुलन गुमाएका तथा अशक्त घाइते बिरामीलाई आश्रय प्रदान गरिरहेको सस्था मानव सेवा आश्रमका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com