नेपालकै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’विरुद्ध स्थानीय आन्दोलनमा


प्रकाशित मिति : १३ माघ २०७५, आइतबार

नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् ।

सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडकलगायतका माग उनीहरुले राखेका छन् । स्थानीय बासिन्दाले प्राधिकरणबाट पाएको सुविधा कटौती भएको आरोप लगाएका छन् ।

आयोजना निर्माण हुँदा आफूहरुको जग्गा जमीन सबै सकिएको र आयोजनाको निर्माणपश्चात सो ठाउँको विकास हुने सोचे पनि खानेपानी र उपभोग गरेको बाटोसमेत बन्द भएपछि बाध्य भएर आन्दोलनमा उत्रिन परेको स्थानीय बासिन्दा अनिस न्यौपानेले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यालय र गाउँलेलाई खानेपानीको समस्या हुँदा समेत आयोजनाले चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।

आयोजनाका प्रमुख राजेश पाण्डेले स्थानीयवासीको आन्दोलनले पावरहाउस जाने बाटो बन्द भएको र सवारीसाधन आवतजावत हुननसकेको जानकारी दिँदै हालसम्म स्थानीय बासिन्दाले आफूहरुसँग कुनै पनि माग औपचारिक रूपमा नराखेको बताउनुभयो ।

आफूले प्रशासन र आयोजना रहेको गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएको प्रमुख पाण्डेले बताउनुभयो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले आयोजना प्रमुख र स्थानीय बासिन्दासँग बसेर समस्याको समाधान गरिने बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com