क्रिकेटर रोहितकुमार पौडेलको विश्वकीर्तिमान , सचिन र शाहिद अफ्रीदीको तोडे रेकर्ड


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

शनिबार यूएईविरुद्ध अर्धसतक बनाउँदै नेपालका रोहितकुमार पौडेलले क्रिकेटका महान ब्याट्सम्यान भारतका सचिन तेन्दुलकर र पाकिस्तानी विस्फोटक ब्याट्सम्यान बुम बुम शाहिद अफ्रीदीको विश्वकीर्तिमान तोडेका छन् । उनले यो रिकर्ड बनाउने क्रममा अन्तराष्ट्रिय क्रिकेटका लेजेन्ड मानिने सचिन तेन्दुलकर र शाहिद अफ्रिदी जस्ता क्रिकेटर लाई पछि पारेका छन्।

रोहितले यी दिग्गजको नाममा रहेको अन्तर्‍ाष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने रेकर्ड ब्रेक गरेको आइसीसीले जनाएको छ । उनी भर्खर १६ वर्ष १४६ दिनका भएका छन् ।

यस अघि एकदिवसीय क्रिकेटमा भने यो रेकर्ड पाकिस्तानमा अफि्रदीको नाममा थियो । उनले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध शतक (१०२) रन बनाएका थिए भने टेष्ट क्रिकेटमा यो रेकर्ड तेन्दुलकरको नाममा थियो । उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध ५९ रन बनाएका थिए ।

गएको अगस्टमा एकदिबसिय डेब्यू गर्दा रोहितको उमेर १५ वर्ष ३३५ दिनका थिए । रोहित नेपालका भावी स्टार रहेको भन्दै आईसीसीले बधाईसमेत दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com