सफारी कुदाएर क्यान्सर रोगी बुवाको उपचार खर्च जुटाउँदै


प्रकाशित मिति : १२ माघ २०७५, शनिबार

उनी विद्यालयको नियमित छात्रा हुन् । कक्षा १२ मा पढ्छिन् । १७ वर्ष पुगिन् । पढाइ औसत छ । शिक्षा संकाय लिएकी छन् । विद्यालय र घर आउजाउमा उनकौ दैनिक चल्दै थियो । हिजोआज दैनिकी फेरिएको छ । विद्यालय नियमित हुन छाड्यो । पुरै कक्षा लिन पाउदैनिन् । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारबोध थपिएको छ ।
९ बजे टिफिन हुन्छ । टिफिनमै घर(डुम्रे) फर्किन्छन् । खाना बनाउँछिन् । घरयासी काम सकेर सफारी निकाल्छिन् ।

कहिले सीमसारको गेट अगाडि त कहिले मंगलबारे चोककाे सफारी स्टेशन अगाडि यात्रुको खोजीमा पुग्छिन् । दिनभर सफारी कुदाउँछिन् । कहिले काही सिमेन्ट पनि बोक्छिन् । साँझमा घर पुग्छिन् । यति गर्दा उनी दैनिक हजार रुपैयाँ कमाउँछिन् । कहिले काही त्यो पनि कमाउँदिनन् । परिवारको सम्पूर्ण खर्च सफारीबाट उठाउने कोसिस गरेकी छन् । उनी अन्य कोही नभएर उर्लाबारी–२ डुम्रेकी अम्बिका भट्टराई हुन् । बुवा बिरामी भएर थलिएपछि उनको काँधमा जिम्मेवारी थपिएको छ ।

उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि खर्च जाेहाेका लागि सफारी कुदाउन थालेकी हुन् । अम्बिका हिजोआज बुवाको उपचारका लागि सफारी कुदाउन थालेकी छन् । तीन वर्षसम्म बुवाको उपचार गर्दा जयजेथा सकिएपछि भट्टराई परिवारमा यतिबेला पीडा थपिएको छ । भरतपुर स्थित क्यान्सर अस्पतालले २२ दिनको अन्तमा १२ महिनासम्म एक लाख रुपैया प्रतिगोटा पर्ने सुई लगाएपछि रोग निको हुने जनाएको छ । खर्च जुटाउनका लागि उनले सफारी कुदाउन थालेकी हुन् । उनको यो संघर्षले जो कोहीको मन छुन सक्छ । अम्बिकाले आफ्नो बुवा नारायणप्रसादको उपचारमा सहयोग गरिदिनु हुन सबैलाई आग्रह गरेकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com