सफारी कुदाएर क्यान्सर रोगी बुवाको उपचार खर्च जुटाउँदै


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

उनी विद्यालयको नियमित छात्रा हुन् । कक्षा १२ मा पढ्छिन् । १७ वर्ष पुगिन् । पढाइ औसत छ । शिक्षा संकाय लिएकी छन् । विद्यालय र घर आउजाउमा उनकौ दैनिक चल्दै थियो । हिजोआज दैनिकी फेरिएको छ । विद्यालय नियमित हुन छाड्यो । पुरै कक्षा लिन पाउदैनिन् । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारबोध थपिएको छ ।
९ बजे टिफिन हुन्छ । टिफिनमै घर(डुम्रे) फर्किन्छन् । खाना बनाउँछिन् । घरयासी काम सकेर सफारी निकाल्छिन् ।

कहिले सीमसारको गेट अगाडि त कहिले मंगलबारे चोककाे सफारी स्टेशन अगाडि यात्रुको खोजीमा पुग्छिन् । दिनभर सफारी कुदाउँछिन् । कहिले काही सिमेन्ट पनि बोक्छिन् । साँझमा घर पुग्छिन् । यति गर्दा उनी दैनिक हजार रुपैयाँ कमाउँछिन् । कहिले काही त्यो पनि कमाउँदिनन् । परिवारको सम्पूर्ण खर्च सफारीबाट उठाउने कोसिस गरेकी छन् । उनी अन्य कोही नभएर उर्लाबारी–२ डुम्रेकी अम्बिका भट्टराई हुन् । बुवा बिरामी भएर थलिएपछि उनको काँधमा जिम्मेवारी थपिएको छ ।

उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि खर्च जाेहाेका लागि सफारी कुदाउन थालेकी हुन् । अम्बिका हिजोआज बुवाको उपचारका लागि सफारी कुदाउन थालेकी छन् । तीन वर्षसम्म बुवाको उपचार गर्दा जयजेथा सकिएपछि भट्टराई परिवारमा यतिबेला पीडा थपिएको छ । भरतपुर स्थित क्यान्सर अस्पतालले २२ दिनको अन्तमा १२ महिनासम्म एक लाख रुपैया प्रतिगोटा पर्ने सुई लगाएपछि रोग निको हुने जनाएको छ । खर्च जुटाउनका लागि उनले सफारी कुदाउन थालेकी हुन् । उनको यो संघर्षले जो कोहीको मन छुन सक्छ । अम्बिकाले आफ्नो बुवा नारायणप्रसादको उपचारमा सहयोग गरिदिनु हुन सबैलाई आग्रह गरेकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com