नुवाकोटमा छोरी बिक्री गरेको अभियोगमा बुबा सहित तीन पक्राउ


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

१५ वर्षकी एक किशोरीलाई भारतमा लगेर बिक्री गरेको अभियोगमा नुवाकोट प्रहरीले उनको बुबा सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किशोरीका बुबा सहित दुप्चेश्वर गाउपालिका वडा नं. ६ का २२ वर्षीय सुनिल तामाङ र सोही स्थानका ३१ वर्षीया लक्ष्मी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई नुवाकोट जिल्ला अदालतमा मानव बेचविखन तथा ओसार पसार विरुद्धको अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धानको लागी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

काठमाडौको विभिन्न स्थानबाट मंगलबार उनीहरुलाई पक्राउ गरी कारबाहीको लागी नुवाकोट ल्याएर अनुसन्धान सुरु गरेको र संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । बुबा सहित तीन जनाले किशोरीलाई गत पुस २२ गते नुवाकोटहुँदै भारतको बेश्यालयमा लगेर बिक्री गरेको प्रहरीको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडित किशोरीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेर गत साता नेपाल फर्काइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com