रुपन्देहीमा अवैध काठ सहित विद्यालय ब्यवस्थापन अध्यक्ष सहित छ जना पक्राउ


प्रकाशित मिति : माघ १२, २०७५ शनिबार

रुपन्देही जिल्ला वन कार्यालयले अवैध काठ सहित ज्ञानोदय आधारभूत विद्यालय कन्चन गा.पा.,५ पिपरीचापा रुपन्देहीका ब्यवस्थापन समिती अध्यक्ष सहित छ जना पक्राउ गरि हिरासतमा राखेको छ ।

पक्राउ पर्नेहरुमा वि.व्य.स. अध्यक्ष चाम बहादुर थापा, सदस्य चन्द्र बहादुर परियार र छविलाल झाँक्री रहेका छन । उनीहरुलाई करिव १४५ क्यू फिट साल जातको काठ बरामद सहित पक्राउ गरिएको रुपन्देही डिभिजनल वन अधिकृत भरत बाबु श्रेष्ठले जानकारी दिएका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष थापाले उक्त काठ विद्यालय कम्पाउण्ड आसपासबाटै विद्यालको फर्निचर सामाग्री निर्माणका लागी कटान गरिएको दाबी गरेका छन् । थापाले खसोखास सँग भने, वन कार्यालयलाई जानकारी नदिइ काठकाट्नु हाम्रो कमजोरी भयो तर सो काठ हामिले विद्यालयकै प्रयोजनका लागि कटान गरेका हौं । हामीले सफाई पाउनुपर्छ ।

तर रुपन्देही डिभिजनल वन अधिकृत भरत बाबु श्रेष्ठले भने सो काठ विद्यालय प्रयोजनका लागि भए नभएको पुष्टी हुन बाँकी रहेको बताएका छन् । सो सम्बन्धमा विद्यालयका प्र.अ. रेनुका थापा लगायतसँगको बयानका लागी टोली खटाइएको उनले बताए ।

कक्षा ८ सम्म सञ्चालन भैरहेको उक्त विद्यालयमा १ जना परिचर सहित १० जना शिक्षक रहेका छन् भने विद्यालय पिपरीचापा सामुदायिक वन क्षेत्र रुद्रपुरमा पर्दछ ।

त्यस्तै बाँकी ३ जना करिब १७ क्यू फिट साल काठ सहित बुटवल रुपन्देदी रामनगर बेसक्याप नजिकै बाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बुटवल ७, शिवनगर बस्ने भिम बहादुर गुरुङ, बुटवल १, तिनाउ बस्ने राम बहादुर अर्घाली मगर र पाल्पा ४ रावाबास बस्ने पदम थापा (पदम ब. ढाडा) रहेका छन् ।

उनिहरुलाइ रामनगर वडा प्रहरी कार्यालयको प्रनानि शेर बहादुर थापाको टोलिले प्रक्राउ गरी प्रहरी निरिक्षक हेम बहादुर के. सी.को नेतृत्वमा रुपन्देही वन कार्यालय लाई जिम्मा लगाइएको छ । उनीहरुलाई डिभिजनल वन कार्यालय भैरहवाको थुनुवा कोठामा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com