सिनेटबाट पारित शटडाउन अन्त्य गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट पनि पारित, अब राष्ट्रपतिको टेबुलमा
प्रकाशित मिति : माघ १२, २०७५ शनिबार
तीनसाताका लागि अमेरिकी सरकार खुलाउने प्रस्ताव प्रतिनिधिसभामाबाट पनि पारित भएको छ । सिनेटबाट ध्वनीमतका आधारमा पारित भएको प्रस्तव हस्ताक्षरका लागि राष्ट्रपति समक्ष लगिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन औपचारिक रुपमा तीनसाताका लागि अन्त्य हुनेछ ।
प्रस्तावमा राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि माग गर्दै आएको रकम भने समावेश छैन । तर फरबरी १५ सम्म सिमानामा पर्खाल लगाउने विषय समावेश गरेर सहमति कायम नभए फरबरी १५ पछि पुन सरकार शटडाउन हुनसक्ने ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि ५ दशमवल ७ बिलियन डलर नछुट्याएसम्म कुनै पनि विधयेकमा हस्ताक्षर नगर्ने अडान लिएका थिए । सरकार शटडाउनको ३५ औं दिनमा ट्रम्पले १५ फरबरीसम्मका लागि सरकार शटडाउन अन्त्य गर्ने सम्झौताको घोषणा गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताए ।






