नेपालीसहितका एसाइलम सुनुवाई सोमबारदेखि, शटडाउनका बेला सुनुवाई परेकाले के गर्ने ?


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

सरकार शटडाउन अन्त्यसँगै सोमबारदेखि अमेरिकी अध्यागमन अदालतमा मुद्दाको सुनुवाई सुचारु हुने भएको छ । सरकार शटडाउनका कारण नेपालीका झण्डै डेढसय एसाइलमका मुद्दाहरु स्थगित भएको सन्दर्भमा सोमबारदेखि भने सुनुवाई सुचारु हुने भएको छ ।

सोमबारदेखि अदालतमा अध्यागमन मुद्दाको सुनुवाई तय भएका सबै आवेदकहरु तोकिएको समयमा नै अदालतमा उपस्थीत हुनुपर्ने अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘सरकार शटडाउन अन्त्य भएपछि सोमबारदेखि पहिले तोकिएको सबै अध्यागमन मुद्दाको सुनुवाई सुचारु हुनेछ । आवेदकहरु तोकिएकै समयमा अदालतमा उपस्थीत हुन जरुरी छ ।’

तर डिसेम्बर २२ देखि जनवरी २५ सम्म सुनुवाई स्थगित भएका एसाइलमका मुद्दाका लागि भने अदालतले नयाँ सुनुवाईको मिति तय गर्नेछ । उक्त मिति कम्तीमा पनि दुईतीनबर्ष पछाडिकोमात्र पाउन सकिने सम्भावना रहेको श्रेष्ठले खसोखासलाई जानकारी दिनुभयो ।

आफ्नो मुद्दामा वकिलले प्रतिनिधित्व गरेका आवेदकले वकिललाई सम्पर्क गर्न र वकिल नहुनेहरुले आफ्ना ठेगानामा पत्रहरु नियमित चेक गर्न श्रेष्ठले सुझाव दिनुभयो । सुनुवाईको नयाँ मिति सहित अदालतले पत्र पठाउने भएकाले अदालतमा सम्पर्क गर्न खासै आवश्यक नहुने श्रेष्ठको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार देखि अध्यागमन मुद्दाको सुनुवाई सुचारु हुने भएपनि सरकारका तर्फबाट राख्ने अनुवादकका सन्दर्भमा समस्या भएमा भने सोमबारदेखि तय कतिपय मुद्दाको सुनुवाई समेत पछि सर्न सक्ने श्रेष्ठले जानकारी दिनुभएको छ । मुद्दाका लागि तय भएका अनुवादकलाई कम्तीमा एकसाता अगाडि नै जानकारी दिने प्रचलन रहेको सन्दर्भमा सरकार शटडाउनका कारण कतिपय अनुवादकहरुले सुनुवाईका लागि सुचना पाएका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com