दक्षिण अष्ट्रेलियामा बसाइ सर्नेहरुका लागि ६,४०० डलर बराबरको प्रोत्साहन सुविधा


प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार

अष्ट्रेलियाको संघिय सरकारले अहिले रिजनल क्षेत्रमा जनसंख्या तथा श्रमशक्ति बढाएर आर्थिक समृद्धि ल्याउनको लागि विदेशीहरुलाई आकर्षित गरिरहेको छ । विभिन्न राज्य सरकारले आफ्नो रिजनल क्षेत्रमा विदेशीहरुलाई ल्याउनको लागि विभिन्न स्किमहरु अगाडी बढाइरहेका छन् ।

साउथ अष्ट्रेलिया सरकारले विदेशीहरुलाई रिजनल क्षेत्रमा आकर्षित गर्नको लागि ६ हजार ४ सय डलर बराबरको प्रोत्साहन सुविधा अगाडी बढाएको छ । साउथ अष्ट्रेलियाले रिजनल क्षेत्रमा आउने विदेशी परिवारको लागि यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ४५७ र ४८२ भिसा होल्डरहरुले यो सुविधा पाउनेछन् । यो सुविधा ती भिसाहोल्डरको डिपेन्डेन्टमा रहेका उनीहरुका बालबालिकाको लागि उपलब्ध हुनेछ । अब ती बालबालिकाले त्यस क्षेत्रमा रहेका सरकारी स्कुलमा नि:शुल्क पढ्न पाउनेछन् ।

यसअघि ती भिसा होल्डरहरुले आफ्ना बालबालिकालाई पढाउनको लागि स्टुडेन्ट कन्ट्रीब्युसन फी तिर्नुपर्थ्यो । उक्त फी यो वर्ष प्राथमिक तहको लागि ५ हजार ३ सय डलर र हाइ स्कुलको लागि ६ हजार ४ सय डलर रहनेछ । ४५७ र ४८२ भिसा होल्डरले बालबालिका पढाउँदा अब त्यो फी तिर्नु नपर्ने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com