अष्ट्रेलियाको तापक्रम अझ बढ्न सक्ने, ५० डिग्रीसम्मको छ रेकर्ड
प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार
अष्ट्रेलियाको तापक्रम शुक्रबार दश वर्ष यताकै उच्च रह्यो । ४६ डिग्रीसम्म तापक्रम पुग्दा बिजुली आपूर्तिमा समेत समस्या देखियो । खेल्दा खेल्दै गर्मीका कारण बालबालिका बेहोस भएका खबरहरु समेत बाहिरिएका छन् । यो भन्दा गर्मी पनि हुन्छ होला र ? भन्ने अवस्थामा अष्ट्रेलियावासी पुगिसकेका छन् ।
अष्ट्रेलियाको तापक्रमको रेकर्ड हेर्ने हो भने तापक्रम अझ बढ्न सक्ने सम्भावना रहेको छ । यस अघि अष्ट्रेलियाको तापक्रम ५०.७ सम्म पुगेको रेकर्ड छ । अहिलेसम्मको रेकर्ड अनुसार, वेस्टर्न अष्ट्रेलिया र साउथ अष्ट्रेलियाको तापक्रम अरु ठाउँको भन्दा बढी रहेको छ ।
सन् १९६० मा साउथ अष्ट्रेलियाको तापक्रम ५०.३ पुगेको थियो भने सन् १९९८ मा वेस्टर्न अष्ट्रेलियाको तापक्रम ५०.५ डिग्री सम्म पुगेको थियो । सन् १९३९ मा न्यु साउथ व्हेल्सको तापक्रम ४९.७ पुगेको थियो भने सन् १९७२ मा क्विन्सल्याण्डको तापक्रम ४९.५ पुगेको थियो । त्यस्तै, नर्थन टेरिटोरीको तापक्रम सन् १९६० मा ४८.३ पुगेको थियो ।
सन् २००९ मा भिक्टोरियाको तापक्रम ४८.८ पुगेको थियो । अरु ठाउँको तुलनामा तस्मेनियाको तापक्रमको रेकर्ड कम रहेको छ । सन् २००९ मा तस्मेनियाको तापक्रम ४० डिग्री पुगेको थियो ।






