सानेपामा सभापति देउवा लगाएत वरिष्ठ नेताहरु घेरामा


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

आज नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक चलिरहँदा नेपाल विद्यार्थी संघका कार्यकर्ताले नेविसंघ विगठनको माग गर्दै नारावाजी गरेका छन्।

पार्टी केन्द्रिय समिति बैठकमा आउँदा आउँदै सानेपा कार्यालयमा सभापति शेर बहादुर देउवालाई नेविसंघका कार्यकर्ताले घेराबन्दी गरी अहिलेको नेविसंघ बिगठन गरी नयाँ चुनावी समिति बनाउन दवाव दिएका छन्।

केन्द्रीय समितिको बैठक शुरू हुन लाग्दा नेविसंघका असन्तुष्ट कार्यकर्ताले वर्तमान कार्यसमितिको कार्यकाल थप्न नहुने र नयाँ अधिवेशनका लागि नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग गरेका छन्।

वर्तमान नेतृत्वले नेविसंघको महाधिवेशन गर्न नसक्ने भएकोले तदर्थ समिति गठन गर्न उनीहरूको माग छ। आज बसेको नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले नेपाल विद्यार्थी संघको विषयमा विशेष निर्णय लिने पार्टी निकट स्रोतले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com