पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दैगएपछि आइसियूमा सारिएको छ । माघ २ गतेदेखि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका अधिकारीलाई बुधबार आईसियुमा सारिएको हो ।
८२ बर्षीय भईसकेका उनमा स्वासप्रवास र मुटुको समस्या तथा छातीको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । पार्टी महासचिव बिष्णु पौडेलले एक बिज्ञप्ती जारि गर्दै अधिकारीको स्वास्थ्यलाभको कामना गरेका छन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा अधिकारी उपप्रधान तथा अर्थमन्त्री थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।