प्रधानमन्त्री कार्यालयबाटै राष्ट्रिय गौरवका आयोजनाहरुको लाइभ मनिटरिङ


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजनाहरुको लाइभ मनिटरिङ गर्ने भएको छ । यसका लागि कार्यालयसहित राष्ट्रिय गौरवका मुख्य ११ वटा आयोजनामा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान हुने भएको छ ।

टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ हो । प्रधानमन्त्री कार्यालयले प्रदेशका मन्त्रालयहरुसित सिधा सम्वाद र राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष निगरानी गर्न सकिने गरी यसको जडान गर्न लागेको हो ।

प्रवक्ता कुँवरका अनुसार पहिलो चरणमा ११ राष्ट्रिय गौरवका आयोजनाको मुख्य कार्यक्षेत्रमा क्यामेरासहितको यो सिस्टम जोडिने छ । मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी(बबई डाइभर्सन आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सिक्टा सिँचाई आयोजनाको निर्माणस्थलमा यो सिस्टम जोडिनेछ ।

चिनियाँ कम्पनी हुवावेको चाइना कम सर्भिसेस (सीसीएस) यो सिस्टम जडानका लागि जिम्मा दिन लागिएको थियो । तर, कम्पनीले पर्फरमेन्स बन्ड नराखेपछि बिहीबार नयाँ टेण्डर निकालिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले अबको ३ महिनाभित्रै यो सिस्टम जडान हुने बताए । त्यसपछि प्रधानमन्त्री कार्यालयले गौरबका आयोजनाको निगरानी काठमाडौंबाटै गर्ने र प्रदेश सरकारसँग सम्बाद बाक्लो बन्ने उनको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै रानीजमरा सिँचाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको पनि प्रत्यक्ष निगरानी गर्ने योजना प्रधानमन्त्री कार्यालयको छ ।

काममा ढिलाइ हुन नदिन भौतिक प्रगति लाइभ हेर्न सकिने गरी यो सिस्टम जडान गर्नलागेको ,’ कुँवरले भने, ‘यसपछि आयोजनाहरुमा हुने ढिलाइ र लापरवाही घट्छ भन्ने विश्वास छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com