प्रधानमन्त्रीले डावोस पुगेर भने- शासक होइन, सेवक बन्न चाहन्छु


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा केन्द्रित गर्न लागेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।स्वीट्जरल्याण्डमा जारी डावोस बैठकमा बुधबार आफ्.नो धारणा राख्ने क्रममा भने, ‘हामी कहाँ कार्यकारी अधि कारी मन्त्रिपरिषदमा हुने प्रधानमन्त्रीय प्रणाली छ । यस्तोमा प्रधानमन्त्रीले अधिकार केन्द्रिकृत गर्‍यो भन्ने प्रश्नै आउँदैन ।’प्रधानमन्त्री ओलीले आफू लोकतन्त्रका लागि ५० वर्ष लडेको र धेरै वर्ष जेलमा बसेको स्मरण गरे । उनले भने ‘म शासक होइन जनताको सेव क बन्न चाहन्छु ।

‘सेपीङ द फ्युचर अफ डेमोक्रेसी’ शीर्षकको सेसनमा उनले आफ्नो नेतृत्वको सरकार जननिर्वाचित सरकार भएकाले अधिकार केन्द्रित नगर्ने बताए । ’छोटो अवधीमा धेरै राजनीतिक परिवर्तन भोगेकाले जनतामा ठूलो अपेक्षा रहेको उनको भनाई थियो । ‘मिडियामा पनि सरकारप्रति त्यस्तै अपेक्षा देखिन्छ, तर विकास प्रक्रिया भनेको जादु जस्तो होइन’ ओलीले भने, ‘जनताले तत्काल नतिजा चाहेका छन् । तर विकास हुन समय लाग्छ ।’सरकारले अहिले आर्थिक उन्नती र सुशासनमा केन्द्रित भएको ओलीको भनाई छ । उनले भने, ‘त्यही भएर त हाम्रो मुल नारा नै समृद्ध नेपाल, खुशी नेपाली छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com