चर्चित कमेडियन भारती सिंहले पिरिम नलाउँने गीतमा बनाइन् ‘टिकटक’ (भिडियोसहित)


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

पछिल्लो समय म्युजिकल्ली एप ‘टिकटक’को कारण नेपाली गीतसंगित चर्चा र लोकप्रियता थप बढिरहेको छ । टिकटकको कारण नै नेपाली गीतसंगितलाई विश्वका नागरिकहरुले पनि चाखसँग हेरिरहेका छन् ।

नेपाली गीतहरुमा बिदेशीहरुले पनि टिकटक बनाउँने क्रम बढ्दो छ । जसको कारण नेपाली गीतहरुले पनि राम्रै स्थान पाईरहेको छ । जसमा बिदेशी आम नागरिकसंगै बलिउडका तथा भोजपुरीका केही कलाकारहरुले पनि नेपाली गीत र संवादहरुमा टिकटक बनाईरहेका छन् ।

पछिल्लो समय टिकटकको चर्चा चुलिदै गएको छ यसैक्रममा भारतकै चर्चित महिला कमेडियन भारती सिंहले पछिल्लो समय टिकटकमा बनाएको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल छ । केही समय अगाडीमात्र रिलिज भएको आशिस सचिन र मेलिना राईको आवाजमा रहेको पिरिम नलाउँने गीतमा बनाएको टिकटक भिडियोलाई धेरै नेपालीहरुले सेयर गरेका छन् ।

भारतीले नेपाली गीतमा टिकटक भिडियो बनाउँदा उनका नेपाली फ्यानहरु निकै खुसी छन् । तर उनले नेपाली गीतमा भिडियो बनाउँनुको अर्को कारण भने उनको नेपालसंग पनि नजिकको साईनो रहेको छ । धेरैलाई थाहा नहुन सक्छ भारतीमा पनि नेपाली रगत रहेको छ ।उनको बुवा नेपाली हुन भने आमा पञ्जाबी । त्यसैले भारती नेपाली मजाले बुझिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियाे

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com