न्युयोर्कमा कागजपत्रविहिन पनि उच्च शिक्षाका लागि राज्यको सहयोगका लागि योग्य हुने


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

अबदेखि न्युयोर्क राज्यमा विद्यार्थीका रुपमा रहेमा कागजपत्रविहिन बालबालिकाहरु उच्च शिक्षाका लागि राज्यबाट प्राप्त हुने आर्थिक सहायताका लागि योग्य हुनसक्ने भएका छन् । आज न्युयोर्क सिनेटको बहुमतले उक्त सुविधा प्रदान गर्ने ‘होजे पराल्टा न्युयोर्क स्टेट ड्रिम एक्ट’ पारित गरेको हो ।

न्युयोर्क राज्यमा पहिलेदेखि नै विद्यार्थीका रुपमा रहेका कागजपत्रविहिनहरुले अब उच्च शिक्षाका लागि राज्यबाट प्राप्त हुने सहायताका साथै कलेजको छात्रबृत्ति समेत प्राप्त गर्नेछन् । साथै कागजपत्रविहिन परिवारलाई कलेज बचत कार्यक्रमबाट वञ्चित गर्ने अवरोधलाई पनि यो ऐनले हटाएको छ ।

कागजपत्रविहिन युवायुवतीहरुलाई आर्थिक सहायताका लागि पहुच स्थापना गर्ने उक्त ऐनले उनीहरुलाई उच्च शिक्षा र दक्ष रोजगारमा पहुचमात्र नभई न्युयोर्क राज्यको स्थानीय अर्थतन्त्रमा योगदान समेत हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com