नेकपाका अध्यक्ष ‘प्रचण्ड’ अस्वस्थ
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ हुनुभएको छ । चिकित्सकको सल्लाह बमोजिम उहाँ निवासमा आराम गरीरहनु भएको छ ।
उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।
उहाँकाे उपचारमा सम्लग्न चिकित्सकले बताए अनुसार प्रचण्डलाइ भाइरल ज्वरोले सताएकाे छ ।






