लामो समयदेखि फरार ७३२ जना पक्राउ, पक्राउ पर्नेमा २५ बर्षदेखि फरार समेत


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

९ महिनाको अवधिमा प्रहरीले विगत लामो समयदेखि फरार ७३२ जनालाई पक्राउ गर्न सफल भएको छ ।  उनीहरु अपराध गरेर लामो समयदेखि खुलेआम घुम्दै आएका थिए । जसका कारण अपराधीहरुको मनोवल बढेको थियो । तर लामो समयदेखि फरार रहेका उनीहरु पक्राउ पर्नुले अपराधीहरुको मनोवललाई कमजोर बनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २५ बर्षदेखि फरार रहेका एक अभियुक्त पर्सामा पक्राउ परेका थिए । प्रहरीले वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्दिन अन्सारीलाई हालैमात्र पक्राउ गरेको थियो । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला गरेको थियो ।

घटनापछि नै फरार रहेका अन्सारीलाई दुई दिनअघि वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले गाउँबाटै पक्राउ गरेको थियो ।अन्सारीलाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको छ ।

त्यस्तै डिसेम्बरमा अपहरण तथा शरीर बन्धक मुद्दामा ६ बर्षदेखि फरार एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको थियो ।  प्रहरीले बाराको कलैया उप महानगरपालिका वडा नम्बर १२ बस्ने शिवलाल साह कानुलाई पक्राउ गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानुले २०६८ पुस १० गते बाराको भोडहा बस्ने महेन्द्र चौधरीलाई अपहरण गरी आफ्नो घरमा बन्धक बनाई राखेका थिए । कानुलाई २०६९ साल पुस ६ गते जिल्ला अदालत बाराले अपहरण तथा शरिर बन्धक मुदामा ४ वर्ष कैद र २५ हजार जरिवाना तोकेकोमा उनी हालसम्म फरार रहँदै आएका थिए ।

संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले कानुलाई पक्राउ गरेको हो ।पक्राउ परेका कानुलाई जिल्ला अदालत बारामा पेश गरि कैद भुक्तानको लागी बिरगंज कारागार कार्यालयमा पठाईएको बाराका प्रहरी उपरिक्षक सानुराम भटराईले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com