९ महिनको बच्चालाई २४ घण्टामा २५ पटक हर्ट अट्याक, बाचेपछि डाक्टरले भने– ‘मिराकल बेबी’


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

विश्वमा यस्ता कैयौ चमत्कार हुन्छ जसलाई जो कोहीले विश्वास गर्देनन् । बेलायतमा पनि यस्तै एउटा चमत्कार भएको छ जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । नौ महिनाका एक बच्चा थियो फ्राई लाई २४ घण्टामा २५ पटक हर्ट अट्याका भयो । तर उ पुर्ण रुपमा स्वस्थ छ ।

बेलायतका डाक्टरहरु अहिले थियो फ्राईलाई मिराकल बेबी भनिरहेका छन् । यो विश्वमा पहिलो पटक भयो जब कुनै बच्चालाई १ दिनमा २५ पटक हर्ट अट्याक आयो र त्यो बच्चा पुर्ण रुपमा सामान्य जिन्दगी बिताइरहेको छ । थियो फ्राई अहिले १ बर्ष सात महिनाको भईसकेका छन् ।

मे २०१७ मा जन्मिएका थियो फ्राई ८ दिनपछि नै पहिलोपटक अस्पतालमा भर्ती भएका थिए जब उनी ब्लड पाइजनिंगको शिकार भएका थिए । डाक्टरहरुले उ बाच्ने कुनै पनि आशा गरेका थिएनन् । ब्लड पाइजनिंगको कारण थियोको मुटुमा २ वटा प्वाल परेको थियो । जसको कारण रगत शरीरमा राम्रोसँग पम्प हुन सकिरहेको थिएन ।

डाक्टरहरुको सल्लाह बमोजीम थियो की आमा फोहो सायर्स र पिता स्टीवन फ्राईले मुटुको अप्रेशन गर्न मञ्जुरी दिए । अपरेशनको दौरान थियोलाई दुई पटक हर्टअट्याक पनि भयो तर पनि उसको हालत स्थिर रह्यो । जुलाईमा उसलाई अस्पतालबाट डिस्चार्ज पनि गरीयो ।

२१ डिसेम्बरमा थियोको मुटुको धड्कन फेरी बढ्यो । उसलाई दुई पटक अस्पताल भर्ना पनि गरियो । उसको स्वास्थ्य लगातार बिग्रन थाल्यो । ३१ जनवरीमा उसलाई २५ पटक हर्टअट्याक आयो । थियो की आमाले आफुले रातभर अस्पतालमा खतराको घण्टी सुन्दै बसेको बताइन ।

अन्तिममा सल्यक्रिया गर्ने टिमको नेतृत्व गर्ने डा। रमन धन्नापुनेनीले थियोलाई अर्टअट्याकको कारण पत्ता लगाए । थियोको बायाँ भाग टिश्यूले ढाकिएको थियो ,।

चिकित्सा इतिहासमा थियो मिराकल बेबी

डाक्टर रमन धन्नापुनेनीले यो घटना कुनै चमत्कार भन्दा कम नभएको बताए । २४ घण्टाभित्र २५ पटक अर्ट अट्याक पछि थियोको मुटु जुन अवस्थामा थियो, त्यो धेरै नै संवेदनशिल थियो । थियोलाई जे पनि हुन सक्थ्यो । तर यसलाई हामी चमत्कार भन्दा अरु केही पनि भन्न सक्दैनौ । चिकित्सकीय इतिहासमा यो बच्चालाई मिराकल बेबी नै भनिनेछ, डाक्टर धन्नापुनेनीले भने । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com