भारत जाँदाबाहेक भारतीय मुद्रा प्रयोग नगरौ- नेपाल राष्ट्र बैंक


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार नेपाली नागरिकले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्नेछन् । भारु १०० र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।

भारत सरकार तथा भारतीय रिजर्ब बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका भारु ५०० र भारु १०० दरका नोट चलनचल्तीबाट हटाएको हुँदा त्यस्ता नोटको कारोवार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका भारु २००, भारु ५०० र भारु दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोवार गर्न नपाइने व्यवस्था बैंकले गरेको छ ।

विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई बैंकले  एकीकृत परिपत्र गर्दै उक्त व्यवस्था गरिएको जानकारी गराएको छ ।रासस ,

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com