बालयौन दुराचारको आरोपमा विदेशी नागरिक पक्राउ


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

विदेशी नागरिकले नेपाली बालकलाई प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जाँच गर्दा अपार्टमेन्ट लिएर बस्दै आएका बेलायती नागरिक आयन रोवर्ट कोले र उनका दुई नेपाली सहयोगीलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेकाविरुद्ध बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुन अपराध मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । आज अदालतबाट पाँचदिने म्याद थप गरेर उनीहरुको विषयमा अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com