फिल्म ‘ए मेरो हजुर ३’ को यतिबेला फिल्म छायांकन भैरहेको छ । नेपालको छायाँकन सकेर ‘ए मेरो हजुर ३’ टोली अमेरिकामा गएको हो । निर्देशक झरना थापाको निर्देशनमा नायक अनमोल केसी, नायिका सुहाना थापा र अभिनेता सरोजले टेक दिइरहेका छन् । निर्माता सुनिल कुमार थापा पनि उतै छन् ।
गीत र फिल्मका केही दृश्यहरु छायांकन गरिएको निर्देशक झरना थापाको भनाई छ । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल, सुहाना र सरोजसँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको समेत अभिनय रहेको छ । फिल्मलाई सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्म चैत २९ गते प्रदर्शन हुँदैछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।