हिउँभित्रको प्राकृतिक फूल हो, हुम्लाको लिमी


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

समर हुम्ली/ बाहिरबाट जाने मानिसहरुका लागि यहाँका सबै कुराहरु अनौठो लाग्दछन्

लिमी
अनकण्टार भुगोलको
काप कापमा च्यापिएको मानवता
भग्न नग्न परिवेश छ
भुगोलको पत्रदल र पुकेशरमा फुलेको छ
हिउँ

लिमीको शाब्दिक अर्थ दोभानको गाउँ भए पनि कालान्तरमा आएर यो शब्द आञ्चलिकता जनाउने शब्द बन्यो । हाल लिमीमा तीन गाउँहरु जाङ, हल्जी र तील रहेका छन् । यहाँका बासिन्दा पहिला अब्बल पशुपालक भए पनि अहिले त चीरु र फुरुका व्यापारी बनेका छन् । हिउँ र लिमी एक आपसमा पर्यायवाची शब्दका रुपमा चिनिएका छन् ।

किनकी लिमी छ महिना हिउँको सेतो च्यादरमा समाधिस्थ हुन्छ । र त यो हिउँभित्रको अनमोल, अनौठो, अद्भूत, अलौकिक मानवस्तीको एक नरकंगाल हो लिमी र लिम्यालहरु । यिनीहरुले मानव भूगोललाई चुनौति दिएका छन् । चिसोको सुर्को पिएका छन् । उतुङ्ग हिमालको टाकुरामा जिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीरु र फुरु !
भोजपत्रको तह र्झै
लिमीको ठाउँ

बाहिरबाट जाने मानिसहरुका लागि यहाँका सबै कुराहरु अनौठो लाग्दछन् । उच्च भूगोलभित्रको यो मानववस्तीमा न त सञ्चार छ न त सरकारको कुनै निकाय छ । न त देश छ । न छ कुनै सेवा सुविधाहरुको निमेष । मात्र छ नागरिकताको खोस्टोको अधमरो प्रमाणपत्र । यसले त झन व्यथाको कथा बोकेको छ । कथाको व्यथा बोकेको छ ।

राजधानीका लागि यो क्षेत्र, यो भूगोल, यो सामाज, यो गाउँ, यो ठाउँ अनकण्टार रे तर लिम्यालहरुको बोलीमा त राजधानीर र सदरमुकाम पो त दुर्गम हो । त्यहाँ न त मानवीय संवेदना छ । न त मानवता छ । तर यहाँ अहिले पनि नागराजको पालादेखि अन्तिम खश राजा र बलिराजका उत्तराधिकारीहरुले पञ्च छाप लगाएको रीतिथीतिहरुबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको रा ठा बसेको छ ।

वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरुको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । गुम्बाहरुमा पुजाआजाको व्यवस्थाका लागि धर्मभकारी भरिन्छ । बाटोघाटो, पुलपुलेसा तथा अन्य कामहरुको बाँडफाड जिम्मेवारी छुट्याइन्छ । ङुलखाङमा ङुलको हिसाब किताब बहीखाता राखेर जिम्मेवारी हस्तान्तरण गरिन्छ । ब्यापार व्यवसायको लागि शुभकामना आदान प्रदान गर्ने गरिन्छ । यो शुभ सन्देश शुभ र अशुभ दुबै हुनसक्छ कारण देश देशान्तरमा ब्यापार गरेर धेरैभन्दा धेरै कमाउनु नै जीवनको पहिलो सोच र काम हो ।

खण्डित भावनालाई सँगालेर
सदियौदेखि प्रतीक्षारत छ
ल्हेम्हे अर्थात लिमी

हुम्लाको उत्तरी दुर्गम गाविस हो – लिमी ! तिब्बतको सिमानामा जोडिएको यो प्राकृतिक जेल मानिएको छ । प्रायः कात्र्तिकदेखि जेठसम्म यहाँ हिमपातले गर्दा सदरमुककाम र वरपरका छिमेकीगाउँसँगको सम्वन्ध विच्छेद हुन्छ । यो आठ महिनासम्म वाहिरी सम्पर्क नहुनु भौगोलिक विकटताले सांस्कृतिक विविधता जन्माएर पनि विश्व सञ्चारग्राम बन्दै गरेको समयमा यो एक चुनौति पनि हो । यो एक दुर्गमको उपमा बन्दैछ । यो एक पीडा र शुल बन्दैछ । तर पनि जहाँ नराम्रो हुन्छ । त्यहाँ राम्रो हुन्छ । जहाँ चुनौति हुन्छ । त्यहाँ अवसरहरु पनि हुन्छ । यो विचित्र भूगोलको काप कापमा निधि र विधिको एक भूस्वर्ग हो । जहाँका माटो, पात, पतकर, रुख, बिरुवा र ढुङ्गाहरुमा पनि एक आकर्षण छ । एक चुम्बकीय शक्ति छ । एक अनुपम राग छ । एक अतितको छाप छ ।

हिमरेखाको समानान्तरमा उभिएको
जाङ
हल्जी
तील ह्यूलहरु

कालान्तरमा हिमाल वारपार व्यापारको आधारस्तम्भ बनेको लिमी पशुपालन व्यवसाय र वस्तुविनिमय प्रणालीको मुख्य स्थान मानिन्थ्यो तर चिनको बढ्दो आर्थिक प्रगतिको चेपुवा र साम्यवादी शासनको प्रभावमा परेर उतm व्यवसाय र त्यो व्यापार प्रणाली धराशायी भएको छ । त्यसपछि तिब्बतसँग जोडिएका उर्बर र पोषिला चरन क्षेत्रहरु पशुवस्तुको लागि निषेध भएपछि लिम्यालहरुको जनजीवनमा भुँईचालो गयो । नयाँ व्यवसायको खोजीतिर लाग्न वाध्य भएका लिम्यालहरुले चीरु र फुरुतिर हात लम्काए । यो एक खोजी भए पनि सबै लिम्यालका लागि यो सम्भव भने छैन । यहाँको कष्टकर जीवनमा व्यथा थपेको छ । जेथा हराएको छ । समाजमा विभेदको रेखा गहिरो रुपमा कोरेको छ । यसको स्पष्ट दरार फुरु र चिरु हो ।

भोजपत्रका पत्रदल झै
उन्मादित आशाका लहर छन्
प्रकम्पित पीडाका कहर छन
प्रफुस्टित यौवनका लहर छन्

प्रत्येक वर्ष लगभग आठ महिना प्राकृतिक जेलभित्र भौगोलिक कथा र व्यथालाई थाति राखेर बुढा आमाबावु अशक्त र कमजोर बुढाबाटुलाहरुको शारीरिक, मानसिक र आर्थिक सम्पन्नताको स्तर कायम राख्नको लागि ऊँ मणि पध्मे हुँको सामुहिक पुजाआजामा टासी र खादा लगाएर विदेशिने युवक र आफन्तसँग भेट हुने नहुने कुरा भाग्यको खेलमा विश्वास गर्छन् लिम्यालहरु । सीप छ जोस जाँगर छ तर काम छैन । अरुको ठाउँमा गएर काम गरि घर फकनु पर्छ । के गर्ने फुरु कोर्ने टक्पा हर्थात सिपालु हुँ, चित्रकार हुँ र सिकर्मी पनि हुँ भन्नेको अवस्था त खराब छ भने अरुको अवस्था झन् ज्यादै खराब छ । हो धेरै हिमपातले गर्दा ६ महिनाका लागि खाना, दाउरा, चर्पी र पानी सबैभित्रै व्यवस्था गरेर ढुङ्गाका अविचल मुर्तिसँग सजीव मुर्तिकों एककार हुनुको नियति नै लिमी र लिम्यालहरु हुन् । के एक्काइसौं शताब्दीको नारामा विकासको खाका कोर्ने हाम्रो सरकारको उपेच्छाको शिकार भएको छ लिमी ।

उफ ! निन्जे निन्जे अर्थात विचरा लिमी
चिरु र फुरुको कुरुमा रुमलिएको
आकास र पाताल खोज्दैछ लिमी
तराजुको सन्तुलन नमिलेको झैं

हिमाल पारि एकान्त उपेच्छित गाउँलाई निषेधित पर्यटकीय क्षेत्रमा राखेर सरकारले आलो घाउको पुरानो व्यथामा झन नुनचुक छकर्ने काम गरेको त छैन ? र यसरी बर्षौ वर्षको निरीहताले एकातिर कि रुई कि दुईको लोक काव्यांशमा दरार पारेको छ । अर्कोतिर बालबालिका र वृद्धलाई सम्मान गर्ने समयमा शारीरिक र मानसिक तनाव उत्पन्न गराउनु प्राकृतिक जेलभित्रको सरकारी लापरवाही हो । सदरमुकाम सिमकोटबाट ५० कोष टाढा लिमीमा जान न्यालु, नारा, मानेपेमे, लाङदुक जस्ता लाग्नाहरु जहाँ १९ हजारदेखि २४ हजार फिटका हिमाल हिउँदमा चढ्नु भनेको त काललाई काखी च्याप्नु हो भन्दै बाक्लो च्यालाक र बक्खु देखाएर चिसोको व्यथा पोख्दै सांकेतिक शब्द पस्कने गर्छन् । चौरी, याक, घोडा, भेडा, बाख्राहरु कम मात्रामा पालिन्छ । वर्षा याममा मा चिनको पुराङको तालाखारमा मजदुरको रुपमा काम गेरर सबै कुराको व्यवस्था गरिन्छ तर विकास र सरकारी गतिविष्ध लिमीमा शून्य नै हुन्छ ।

प्राक् बिम्वको विहार
स्वथ ताजा छ चाहार
सम्पदाको छ मुहान
खुला शिकारी आहार

लिमी गाविस प्राकृतिक जेल मात्र नभएर हिमालयको मनोरण प्रतिबिम्ब भएकोले सांस्कृतिक विविधताभित्रको अलौलिक सुन्दरता बोकेको आभुषण हो । यसलाई पर्यटकीयस्थल बनाई नेपाली अर्थव्यवस्थाको आम्दानीको स्रोत बनाउन सञ्चार, स्वास्थ्य र बिजुली आदिको समुचित विकास गरि सरकारको गतिशिल उपस्थित गरेमा वर्षको एक पटक फसल पाक्ने स्थानमा बाह्रमहिनाको आम्दानी लिन सकिने छ । यहाँबाट कैलास मानसरोवरको दृश्यावलोकन गर्ने अनेकौं स्थानहरु छन् । प्राकृतिक अवलोकन, चुचुराहरु, दहहरु र खोलानालाहरुको पृथक पृथक मौलिकता र नविनता रहेको छ । यदि सरकारी निकायले चिनिया सरकारसँग वार्ता गरेर चरनको समस्या हटाउने काम गरेमा पशुपालन पनि एग्रोभेट टुरीजमका रुपमा नयाँ प्रयोग समेत हुनेछ ।

हिउँदको समयमा नेपाली पशुवस्तु चिनियाँ भूभागमा प्रवेश गर्न नपाईने र अन्जान प्रवेश गरेमा महङ्गो जरिवाना तिर्नु पर्छ । तर वर्षायाममा नेपाली चरन क्षेत्रमा चिनियाँ पशुवस्तुहरुको निर्वाध प्रवेशमा नेपालले कुनै रोकटोक गर्न सकेकोे छैन । सानो माँछालाई ठूलो माँछाले खाने चलन त प्रकृति नियम नै हो कि भनेर सोच्नै पर्ने भएको छ । कुनै बेलोको टाट तराखारीहरु त आजभोलि ब्वाँसोको ध्वाँसोमा लिम्यालहरुसँग निहु खोज्नका लागि तयार छन् । उल्टो हुम्ला लिमी पो टाट पल्टेको छ । यो सरकारको लाचारीपन हो । नेपालको अदूर्दर्शीता हो । के नागरिकता प्रमाणपत्रले पेटको कीराहरुलाई शान्त पार्छ त ? के नेपाल र नेपालीको राष्ट्यिताको इतिहासले जीवन्त बनाउन्छ त ? के देश र राष्ट्को नामले सबल बनाउनका लागि कुनै उर्जा चाहिदैन त ? यी यावत कुराहरु सोतचनिय पक्ष बनेका छन् ? यी कुराहरु गर्दा राष्ट विरोधीको कलंक पनि लाग्न सक्छ तर पनि यी उठान गर्नै पर्ने कुराहरु पनि त हुन् नि ?

प्रत्येक व्यतिसँग ताको नाता छ
प्रत्येक समस्यासँग लाको खाता छ
प्रत्येक संस्कारसँग अनुभवको गाथा छ
प्रत्येक धड्कनसँग व्थथाको कथा छ

लिमी पुग्न सदरमुककामबाट ५,६ दिन कठिन पैदल यात्रापछि मात्र पुगिन्छ । यदि सरकारले चिनियाँ सरकारसँग वार्ता गरेर तालाखार खासा आवतजावतका लागि विशेष व्यवस्था गर्न सकेमा केही राहत हुनेछ । उच्च हिमालको शिरमा रहेको कैसालकुटको काखमा रहेका अनेकौं प्रकारका हिमाच्छीद शृङ्खलाहरुले लिमीलाई एक आदिम भूगोलको रुपमा पाउन सकिन्छ । त्यसैको काखमा अनेकौ प्रकारका हिमालहरुको एक अंश हो–नाम्खा ला ।

यसको बनावट त अरु हिमालभन्दा पृथक छ । ठाउँ ठाउँमा रंगीबिरंगी बुट्टेदार पहराको स्वरुप नै नाम्खा ला हो । र त यो आकासे खम्वाको हिमाल भएकोले नै यसको वयान र महिमा अरुभन्दा पृथक छ । जहाँ च्याङस्वाको स्वाद, भोजपत्रको पात, एक्लो साथ, रंगीन रात र लामाको साथले यो हिमालको महिमा र गरिमा बढेको छ । गरुडको प्रेमीस्थल, कस्तुुरीको खेल मैदान, नावरको चरन क्षेत्रले यो स्थललाई रमणीय बनाएको छ । वारिपारिबाट देखिने अनेकौं दृश्यहरुको नै शृङ्खलाहरुको श्रेणीगत श्रेणीहरु नै नाम्खा ला पासको एक अतृप्त स्मृतिको डोब हो ।

सजीव मानवताको रिन्पोच्छे उभिएको छ
प्रत्येक युग युगमा जन्मने
रिन्छने जाङ पोका धड्कनहरु
रिन्छेलिन गुम्बा बन्छ

हिउँसँग लिमीका बासिन्दाहरुको नजीकको नाता छ । उच्च हिमाली भेग भएकाले हिउँद यामका लागि हिउँ नै खोलानाला माथिको साँघु बन्छ भने बर्षा याममा हिउँ पग्लेर पानीको यात्रासँग त्यहाँका घोडा, याक तथा चौंरी गाईहरु यात्राका साथीहरु बनेका छन् । जहाँ एक मान्छे एक घोडाको चलन रहेको छ । एक घोडामा एक मान्छेका लागि चाहिने आधारभूत वस्तुहरु राखेर यात्रा गरिन्छ । यसैले लिमीका लागि पशुवस्तुको महिमा धेरै छ । यो क्षेत्र खश साम्राज्यको एक आधार खण्ड जडानको महत्वपूर्ण भाग भएकोले यसको ऐतिहासिक स्थान रहे पनि खोजकर्ताहरुको अभाबमा यहाँका बहुमूल्य सम्पदा छरपष्ट छरिएका छन् ।

म को हुँ 
थाहा छैन ओ आया, ओ आँ ?
लुकेको छ मेरो सर्वस्व 
फ्याउमुसाको दुलोमा हिउँ झैँ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com