संसारकै दोस्रो धनी व्यक्ति बिल गेट्स, ८ डलरको खाजा लिन सर्वसाधारणको लाइनमा


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

संसारका दोस्रो धनी व्यक्ति बिल गेट्सको साधारण व्यक्तित्वका विभिन्न उदाहरण छन् । माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि थुप्रै पटक बिल गेट्सलाई सबैभन्दा उत्कृष्ट मालिक बताइसकेका छन् । अब सोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि ।

बर्गरका पारखी हुन् गेट्सः

गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक व्यक्ति पछाडि उभिएका छन् । यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको बताइएको हो । गेट्स बर्गरका पारखी हुन् र उनी बेलेभ्युस्थित बर्गरमास्टरका निकै इमान्दार ग्राहक हुन् ।

माइक्रोसफ्टका पूर्व कर्मचारीको पेजको यो फोटो सेयर हुने बित्तिकै फोटो भाइरल भयो । फोटोको मुनी गेलोसले लेखेका थिए, ‘ तपाईं अर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पमाथि निशानाःगेलोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पनि निशाना साँधेका छन् । उनले लेखे, ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छन् ।’

फेसबुकमा यो फोटोले अहिलेसम्म २० हजार बढी लाइक पाइसकेको छ । फोटो १६ हजार बढी पटक सेयर भइसकेको छ । गेलोसका अनुसार बिल गेट्स कहिले पनि प्रचारको भोको रहेनन् उनी निकै मिलनसार छन् तर उनलाई थाहा छ कि उनलाई मानिसहरुले सेलिब्रिटीको रुपमा हेर्छन् ।

सधैं निकै साधारण रहेःबिल गेट्सले पहिले पनि अन्तर्वार्तामा आफूलाई कुनै विशेष व्यक्तिको रुपमा हेर्ने कुनै शौख नभएको बताइसकेको छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com