साइबर अपराध गर्नेलाई एक करोडसम्म जरिवाना, १५ वर्षसम्म जेल


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

साइबरसम्बन्धी अपराध गर्नेलाई अब १ करोडसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने भएको छ । सरकारले नयाँ कानुनमार्फत् यस्तो व्यवस्था गर्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याउन लागेको ‘सूचना प्रविधि ऐन, २०७५’ को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवम् सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि १ करोडसम्म जरिवाना हुने साथै ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

विधेयक कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदको निर्णयका लागि प्रधानमन्त्री कार्यालय पुगिसकेको छ । मन्त्रिपरिषदले निर्णय गरेपछि संसद सचिवालयमा दर्ता गरिनेछ । संसदमा छलफल र आवश्यक परिमार्जनपछि यसले कानुनी मान्यता पाउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com